नेपाली कामदारलाई हङकङमा २ वर्ष जेल सजाय…

एचकेनेपाल डट कम –

हङकङ, २२ अगष्ट । नेपाली कामदारलाई हङकङमा २२ महिना २ हप्ता जेल सजाय तोकेको छ। पहिचान फारम बोकेका ३६ वर्षीय नेपाली अवैध कामदारलाई अगष्ट १९ गते शाटिन मजिस्ट्रेट अदालतले जेल चलान गरेको हो। हङकङमा पहिचान फारम बोकेका व्यक्तिलाई काम गर्न बन्देज छ।

अध्यागमन विभाग, हङकङ प्रहरी बल र श्रम विभागले गत वर्ष नोभेम्बर २५ मा “पावरप्लेयर” कोड नाम गरेको संयुक्त अपरेशनको क्रममा याउ मा तेइस्थित एक रेस्टुरेन्टमा छापा मार्दा उनी पक्राउ परेका थिए।

पक्राउ परेका बेला उनले हङकङ आईडी कार्ड नभई पहिचान फारम (recognisance form issued by the ImmD) देखाएका थिए।

हङकङको कानून अनुसार पहिचान फारमवाहकलाई हङकङमा रोजगारी लिन निषेध गर्दछ। थप अनुसन्धानले पत्ता लगायो कि उनी गैर-रिफ्युलमेन्ट दावीकर्ता थिए। अवैध कामदारलाई काममा लगाइएको आशंकामा दुई रोजगारदातालाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको हङकङको सरकारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

अध्यागमन विभागका प्रवक्ताले अध्यागमन अध्यादेशको धारा ३८एए मा तोकिएबमोजिम अवैध शरणार्थी वा निर्वासन आदेशको अवस्थामा रहेका व्यक्तिलाई रोजगारी नदिन चेतावनी दिएका छन्।

अवैध कामदारलाई रोजगार दिने व्यापारी व्यवसायीसमेतलाई दोषी पाइएमा अधिकतम ५० हजार डलर जरिवाना र तीन बर्ष जेल सजाय हुने प्रावधान रहेको छ।





Comments

comments

56053