हङकङमा कोरोनाबाट थप १०,६८३ जना सङ्क्रमित, ८ जनाको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, ४ सेप्टेम्बर । हङकङमा कोरोना भाइरसबाट थप १०,६८३ जना सङ्क्रमित र थप ८ जना विरामीको मृत्यु भएको स्वास्थ्य सुरक्षा केन्द्रले जानकारी दिएको छ।

केन्द्रका डा. अल्बर्ट औका अनुसार आज १०४९० स्थानीय र १९३ आयातित गरी कुल १०,६८३ संक्रमित केसहरु थपिएका हुन्।

आयातितमध्ये भारतबाट २९, फिलिपिन्सबाट २१, अमेरिकाबाट २१, यूकेबाट १९ र थाइल्याण्डबाट आएका १३ केस आदि रहेका छन्।

अस्पताल प्राधिकरणका डा. ल्यारी लीले आज थप ८ जनाको मृत्यु भएको जानकारी दिएका छन् जसमा ५९-१०२ वर्षका ४ पुरुष र ४ जना महिला छन्।

हङकङमा कुल ९,५११ कोभिड-१९ बाट मृत्यु भएका घटनाहरू रेकर्ड गरिएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

56975