बुर्किना फासोमा विस्फोट, ३५ सर्वसाधारणको मृत्यु,,

ओगादुगुउ, सोमबार यहाँ एउटा गाडीले विस्फोटक पदार्थ इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) लाई ठक्कर दिँदा कम्तीमा ३५ सर्वसाधारणको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

राजधानी ओउगाडोउगुतर्फ जाँदै गरेको एस्कॉर्टेड आपूर्ति गर्ने काफिले उत्तरी शहर जिबो र बोरजाङ्गाबीचको विस्फोटक पदार्थ सित ठोकिँदा उक्त दुर्घटना भएको साहेल क्षेत्रका गभर्नर रोडोल्फे सोर्गोले सोमबार साँझ बताएका छन्।

‘नागरिकहरू बोकेको एउटा गाडीले इम्प्रोभाइज्ड विस्फोटक यन्त्रमा ठोक्किएपछि विस्फोट हुँदा ३५ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्,’ विज्ञप्तिमा भनिएको छ।

बुर्किना फासोमा सन् २०१५ देखि असुरक्षा बढ्दै गएको छ जसका कारण पश्चिम अफ्रिकी राष्ट्रमा १,००० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ र अन्य १९ लाखभन्दा बढी विस्थापित भएका छन्। रासस/सिन्ह्वा





Comments

comments

57100