हङकङमा झन् बढ्यो कोरोना, बालबालिकालाई नयाँ नियम लागु हुंदै, एक साताको लागि २४ विद्यालय बन्द हुने…

एचकेनेपाल डट कम –

हङकङ, ८ सेप्टेम्बर । हङकङमा कोभिड १९ का केसहरु झन् बढ्न थालेका छन्। हङकङमा २४ घण्टाभित्र कोरोना भाइरसबाट थप ११,०९१ जना सङ्क्रमित भएको स्वास्थ्य सुरक्षा केन्द्रले जानकारी दिएको छ। त्यस्तै, कोरोनाबाट थप १२ जना विरामीको मृत्यु भएको छ।

स्वास्थ्य अधिकारीहरूले ५ देखि १२ वर्ष उमेरबीचका बालबालिकाहरुको लागि सेप्टेम्बर ३० देखि दुई चरणमा नयाँ नियम लागू गर्ने घोषणा गरेका छन्।

तीन महिनाअघि पहिलो पटक खोप लिएकाहरूले दोस्रो खोप लिनु पर्नेछ भने पहिलो डोज तीन महिनाभन्दा कम भएकाहरूले नोभेम्बर ३० सम्ममा दोस्रो खोप लगाइसक्नु पर्ने हुन्छ। साथै दोस्रो र तेस्रो खोप लिने बीचको समयावधि पाँच महिनामा घटाएको जनाएइको छ।

स्वास्थ्यका उपसचिव लिबी लीका अनुसार ५ देखि ११ वर्षका बालबालिकाहरूलाई कम्तिमा एउटा कोभिड भ्याक्सिन खोप लिएकाले मात्र रेस्टुरेन्ट र अन्य मनोरञ्जन स्थलहरू जस्ता परिसरहरूमा प्रवेश गर्न दिइनेछ।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार आज १०९१० स्थानीय र १८१ आयातित गरी कुल ११,०९१ संक्रमित केसहरु थपिएका छन्।

आयातितमध्ये बेलायत, फिलिपिन्स, अमेरिका, सिंगापुर, थाइल्यान्डलगायत ६ देशबाट आएका क्रमशः १० भन्दा बढी केसहरू रेकर्ड गरिएको छ।

स्वास्थ्य विभागको प्रमुख चिकित्सा तथा स्वास्थ्य अधिकारी औ का-विंगका अनुसार ७ सय ७७ विद्यालयमा १३५६ नयाँ केसहरु थपिएका छन् । कुल केसहरूमा १,१६३ विद्यार्थी र १९३ शिक्षक कर्मचारी रहेका छन्। २४ वटा विद्यालयमा एक साताका लागि पठनपाठन बन्द गर्नुपर्ने भएको छ।

अस्पताल प्राधिकरणका डा. ल्यारी लीले आज थप १२ जना विरामीको मृत्यु भएको जानकारी दिएका छन्।

हङकङमा कोभिड-१९ बाट मृत्यु भएको कुल संख्या ९,५५६ पुगेको जनाइएको छ।





Comments

comments

57214