Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
चम्किरहू सूर्य तिमी नेपाली नभमा (कविता) – आचार्य प्रभा – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चम्किरहू सूर्य तिमी नेपाली नभमा (कविता) – आचार्य प्रभा

चम्किरहू सूर्य तिमी नेपाली नभमा
आचार्य प्रभा –

सूर्य बनेरै उदाएका थियौ
नेपाली आकाशमा तिमी
तर डुब्न नै पर्ने बाध्यता
तिमी सूर्यको पनि,
पूर्वबाट उदायौ
पश्चिममा अस्तायौ
तरैपनि तिमी दिर्घायु बनेर सदा
नेपालीहरुको फाँटिलो आकाशीय छात्तिमा
झल्मलाई रहने छौ सूर्य!

हो,तिम्रा दूरदर्शी मथिंगलले
कयौं परिवर्तनलाई झेल्नु पर्यो
अनि कयौं समस्यासंग खेल्नु पर्यो
तथापि तिमी कहिल्यै
डग्मगाएनौ,
र,तिम्रा ती अडिग गोडाहरू
कदापी हल्लिएनन्
राजनैतिक हलचलका भूकम्पले।

कति उम्रिए च्याउसरी
राजनीतिका पोथ्रापोथ्रिहरु
कति ढले गर्लम्मसंग
राजनीतिका ती पिलरहरु
तर ……….तिम्रो आस्थाको खम्बा
कहिल्यै ढलेन
तिम्रो मनको सिंहासनबाट
कहिल्यै कम्जोर बनेन
तिम्रो बिश्वासको आधार शिविरबाट।

चाहे तिमी पञ्च थियौ
या…… थियौ,
पंचायतका हिमायती
तर थियौ स्वच्छ र निडर
भावना थियो कञ्चन
अनि थियो निर्मल नीति
कसले सक्ला तिम्रो त्यो
झल्झालाउँदो मुहारलाई बिर्सन?
अनि कसलाई नलाग्ला
तिम्रो अभावको मिठो तिर्सना ?
बिडम्बना………,
मान्छेको जात नै यस्तै छ
बाँचुञ्जेल महत्व हुन्न,
अवसानपछि मात्र कसको मन रुन्न ?
जे होस् ,पञ्च र पंचायत
तिम्रो मूलमन्त्र थियो
तिमीले अंगालेको राजनीतिको
आशय पनि प्रजातन्त्र थियो।

भयौ बिदा अब यो धर्तीबाट
तरैपनि तिम्रो अस्तित्व अमीट रहनेछ
हर नेपालीको मन मुटुमाझ ,
तिरेरै गयौ पंचायतको ऋणको भार
रूँदै होलान् आज तिम्रा शुभचिन्तक
झारेर कठै! अश्रुधारा

चढाएँ श्रद्धाञ्जलि संवेदनाका
दुई अन्जुली शब्दहरु
राखून ईश्वरले तिमी जस्ता
बहादुर सूर्यलाई नेपाली आकाशमा
सदा चिरिन्जीवी र दिर्घायु !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

रचना – बैशाख ३ गते २०७२ बिहान





Comments

comments

Leave a Reply

5732