हङकङ युन लङमा दक्षिण एसियालीमाथि दिउंसै लुटपाट…

एचकेनेपाल डट कम –

हङकङ, ११ सेप्टेम्बर । युन लङमा दक्षिण एसियालीमाथि दिउंसै कुटपिट गरी उनका साथमा रहेको रकम लुटपाट भएको छ।

स्थानीय मिडियाका अनुसार युन लङमा दक्षिण एसियालीमाथि आज आइतवार दिउंसो करीब १ बजे लुटपाट भएको हो।

युन लङको किक येङ रोडस्थित बस स्टपबाट गइहेका एकजना दक्षिण एसियाली व्यक्तिलाई अर्का दक्षिण एसियाली व्यक्तिले फलामको रडले आक्रमण गरेका थिए।

समाचारमा दक्षिण एसियाली भने पनि कुन देशका नागरिक हुन् भनेर खुलाइएको छैन।

घाइते भएर रक्ताम्य भएको अवस्थामा अर्को पक्षले भाग्नु अघि पीडितबाट ३०० हङकङ डलर लुटेर भागेको जनाइएको छ। प्रहरी घटनास्थलमा पुगेपनि नजिकैको क्षेत्रबाट शंकास्पद व्यक्ति फेला पार्न सकेको छैन।

प्रहरीले सीसीटिभी फूटेजको अध्ययनको साथ अनुसन्धान प्रक्रियालाई अघि बढाएको छ।

यो मुद्दाको अनुसन्धानका लागि युन लङ प्रहरी जिल्ला अपराध अनुसन्धान टोलीलाई जिम्मा दिइएको छ।

पीडितलाई उपचारको लागि एम्बुलेन्सबाट अस्पताल लगिएको जनाइएको छ।





Comments

comments

57397