Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
डेङ्गुबाट बागमती प्रदेशमा ११ जनाको मृत्यु… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

डेङ्गुबाट बागमती प्रदेशमा ११ जनाको मृत्यु…

बागमती प्रदेशमा डेङ्गु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेङ्गुबाट काठमाडौँमा चार, ललितपुरमा दुई, सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक, सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको जानकारी दिए । यसैगरी प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेङ्गुका बिरामी फेला परेको छ । ती सबैभन्दा धेरै ललितपुर जिल्लामा चार हजार आठ सय ७८ मा डेङ्गुका बिरामी फेला परेका छन्।

यसैगरी, काठमाडौँमा चार हजार ६ सय ७४, मकवानपुरमा एक हजार आउ सय १०, भक्तपुरमा सात सय १३, चितवनमा ४ सय २९ र धादिङमा तीन सय ९९ जना डेङ्गुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। रासस





Comments

comments

58043