हङकङमा सिमेन्टको मिक्सर ट्रक फ्लाईओभरबाट स्कुल बसमाथि खस्यो, एक जनाको मृत्यु, चार घाइते…!

एचकेनेपाल डट कम –

हङकङ, २२ सेप्टेम्बर । हङकङमा सिमेन्टको मिक्सर ट्रक फ्लाईओभरबाट स्कुल बसमाथि खस्दा एक जनाको मृत्यु र चार जना घाइते भएका छन्। लाइ चि कोक नजिकै छिङशा राजमार्गमा बिहीबार फ्लाईओभरबाट सिमेन्टको मिक्सर ट्रक स्कुल बसमाथि खसेको हो।

घटनामा ट्रक चालकको मृत्यु भएको छ भने चार जना सामान्य घाइते भएको स्थानीय मिडियाले जनाएको छ।

ट्रकभित्र च्याप्पिएको र बेहोस अवस्थामा उद्धार गरिए पनि क्यारिटास मेडिकल सेन्टरमा उपचारको क्रममा ट्रक चालकको मृत्यु भएको जनाइएको छ।

स्कुल बसका चालक र सवार तीन विद्यालयका कर्मचारी सामान्य घाइते भएका छन्। त्यस समय बसमा कुनै बालबालिका नरहेको बुझिएको छ।

ठक्करबाट स्कुल बसको अगाडिको भागमा गम्भीर क्षति पुगेको छ भने ट्रकमा पनि ठूलो क्षति पुगेको छ।

रेलिङ तोडेर फ्लाईओभर मुनि सडकमा गुडिरहेको स्कुल बसमाथि सिमेन्ट मिक्सर ट्रक खसेको प्रहरीले जनाएको छ।





Comments

comments

58110