दिपक लिम्बू र मेलिना राईको तिम्रो हुने मन छ को भिडियो सार्वजनिक

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

दमक । चर्चित गायक दिपक लिम्बू र गायिका मेलिना राईको स्वर रहेको तिम्रो हुने मन छ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

शुक्रबार गायिका मेलिना राई, रचनाकार तथा संगीतकार विद्या चाम्लिङ राई, निर्देशक भुपेन्द्र तुम्बाहाम्फे लिम्बूलगायत कलाकारहरुको सहभागितामा दमकमा गीतको पोष्टर सार्वजनिक गरिएको हो। शुक्रबार नै रचनाकार राईको युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो।

भिडियो निर्देशक एवम् छायाँकार लिम्बूका अनुसार धिमाल संस्कृति झल्काउने भिडियो पूर्वी नेपालको धिमाल बाहुल्य स्थानहरुमा छायाङ्कन गरिएको हो । उनलाई क्यामेरामा देवराज सिग्देलले एसिस्ट गरेका छन्।

भिडियो इडिटिङ अनिल रानाले गरका हुन् भने पोष्ट प्रोडक्सन थैली इन्टरटेन्मेन्टको रहेको छ।

युवा प्रेमी–प्रेमिकाहरुबीचको सम्बन्धलाई भिडियोमा उतार्ने प्रयास गरेका लिम्बूले धिमाल समुदायको रहनसहनलाई भिडियोमा उतारेका छन्। भिडियोमा क्रिस गुरुङ, सीमा राई, बादल श्रेष्ठ र दीपना राईको अभिनय हेर्न सकिन्छ।

ए प्लस स्टुडियोमा रकर्डिङ गरिएको गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् भने साजन साहले मिक्सिङ गरेका हुन्।

भिडियो लिंक :
https:// youtu.be/hx8ij_QqQOU

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

58320