अलऐनमा सगरमाथाको नयाँ बर्ष धमाका

बिनोद श्रेष्ठ युएई/ सगरमाथा कल्याणकारी संस्थाले नव बर्ष २०७२ को पवन अबसरमा गत शुक्रबार अाबुधावीको अलऐनमा शुभकामना अादान प्रदान तथा बिबिध संस्कृतिक कार्यक्रम गर्यो।

सगरमाथा कल्याणकारी संस्थाका अध्यक्ष बालानन्द भण्डारीको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि बरिष्ठ डा.रबिन्द्र यादब, बिशेष अतिथिमा अलऐन राहात तथा उद्दार कोषका अध्यक्ष मिन बहादुर नेपाली, साथै बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी,बुद्दिजीबी, ब्यापारी, राजनितिज्ञ तथा युएईबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

“नयाँ बर्ष तिमी बुद्ध फेरी फर्काइ देउ” भन्ने भाबमूलक कबिताबाट शुरू भएको उक्त कार्यक्रम राष्ट्रिय गान हुदै बिभिन्न मनोरन्जनात्मक प्रस्तुतीहरू रह्यो। शोभा लामाको पोहिलो प्रस्तुती छिपको सारी बोलको नृत्यले दर्शकहरूलाई निकै ततायो। खचाखच दर्शकहरूले भरिएको हलमा कलाकार दिबश ठकुरीको रिमिक्ले सबै दर्शकहरू अा-अाफ्नो ठाँउमा नाच्न बाध्य भए।

प्रस्तुती कै क्रममा अनुराग थपलिया, जगदिश गुरूङ्, बिक्रम लामाको एनी माया हो हो हो.. गीतको नृत्यले अायोजकलाई दर्शकहरूको भिड थेक्न हम्मे हम्मे परेको थियो। स्थानीय कालकाकारहरूको बेजोड प्रस्तुती रहेको उक्त कार्यक्रममा बिभिन्न कलाकारहरूले अा-अाफ्नो प्रतिभा देखाएका थिए भने कलाकारको प्रस्तुती मन पराएर दर्शकहरूले नगद उपहारसमेत दिए।

बैदेशिक रोजगारीको शिलशिलामा प्रबासको मरूभूमिमा रहेता पनि अाफ्नै देशको चाड पर्ब रीतिरिवाज झल्कने खाले कार्यक्रममा सहभागी हुन पाँउदा दर्शकहरू निकै खुशी देखिन्थे। नेपाली पोशाक गुन्यो चोलीमा सजिएर लोक प्रस्तुतीमा अाफ्नो नृत्य दिएका कलाकारहरू दर्शकको प्रशंसाको पात्र बने। कार्यक्रममा कलाकारहरूलाइ खादा अोढाएर सम्मान गरिएको थियो।

अाबुधावीको अलएेनमा रहेको क्रियाशिल नेपालीहरूको सकृयतामा स्थापना भएको यस सगरमाथा कल्याणकारी सस्थाको यो पोहिलो र सफल कार्यक्रम हो। युएईका समस्यामा परेका ३५ नेपालीहरूलाई यस संस्थाले उद्दार गरेको, क्यान्सर पीडित, साथै नेपालमा बाढी पीडितको लागि अार्थिक रकम, लत्ता कपडा पठाई सहयोग गर्दै अाएको सगरमाथा कल्याणकारी संस्थाले अागामी दिनहरूमा पनि यस्ता भैपरी अाउने समस्याप्रति सधै सहयोग गर्ने संस्थाका अध्यक्ष बालानन्द बताउंछन्। २/४ जनाको समूहबाट स्थापना भएको यस संस्थाले अाज सय भन्दा बढी सदस्य बनाउन सफल भएको छ।

यसै गरी, नयाँ बर्ष शुभकामना कार्यक्रमलाई सफल बनाउन प्रयोजन गर्नु हुने अन्नपुर्ण ट्राभल्स, भेटघाट रेन्टुरेन्ट अलएेन,OASIS INTERNATIONAL SCHOOL, नेपाली प्यालेस रेन्टुरेन्ट अाबुधावी तथा उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई धन्यबाद दिदै कार्यक्रम संयोजक बिपिन्द्र बोहोराले नयाँ बर्ष २०७२ को शुभकामना ब्यक्त गरे। कार्यक्रमले दर्शकहरूलाई पारिवारिक बाताबरणमा निकै मनोरन्जन दिएको उनको दाबी थियो। गत कार्यक्रमको नराम्रो चाख ब्योहोरेका अलएेनबासीले यो कार्यक्रमले पूर्णता मिलेको बताए। कार्यक्रम बलराम बस्नेत तथा धन क्षेत्री निश्चलले संचालन गरेका थिए।





Comments

comments

Leave a Reply

5838