Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
क्याथे प्यासिफिक एयरवेजले १ अक्टोबरदेखि हङकङ – काठमाडौं उडान भर्ने – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

क्याथे प्यासिफिक एयरवेजले १ अक्टोबरदेखि हङकङ – काठमाडौं उडान भर्ने

एचकेनेपाल डट कम –

हङकङ, २८ सेप्टेम्बर । हङकङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले १ अक्टोबर (१५ असोज) देखि हङकङ–काठमाडौं–हङकङ उडान भर्ने भएको छ।

क्याथेले १ अक्टोबर अर्थात् यही असोज १५ गतेदेखि काठमाडौं–हङकङ रुटमा उडान गर्नका लागि पत्र पठाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिएका छन्।

क्याथेले हरेक शनिबार साताको एक उडान गर्ने गरी काठमाडौँका लागि योजना बनाएको बताइएको छ।

क्याथे प्यासिफिक हङकङको ड्रयागन एयरलाइन्सअन्तर्गतकै एयरलाइन्स हो।

कोभिड–१९ महामारीपछि ड्रयागन एयरलाइन्सले हङकङ–काठमाडौं गन्तव्यको नियमति उडान स्थगित गरेको थियो।

हङकङको अन्तर्राष्ट्रिय क्षेत्रीय एयरलाइन्स क्याथे प्यासिफिक ड्रयागन एयरलाइन्स लिमिटेडअन्तर्गतकै विमान कम्पनी हो। क्याथे प्यासिफिक एयरवेज लिमिटेड हङकङको ध्वजाबाहक हो। यसको मुख्य कार्यालय र मुख्य केन्द्र हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा छ।

अहिले काठमाडौं–हङकङ गन्तव्यमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उडान गरिरहेको छ । नेपालीको बाहुल्यता रहेको हङकङ महत्वपूर्ण हवाई गन्तव्य मानिन्छ। काठमाडौंबाट हङकङ हुँदै अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापानलगायत गन्तव्यमा पुग्न उक्त उडानबाट सहज हुनेछ।

हाल क्याथेले हङकङ–काठमाडौंमा चार्टर्ड उडान भर्दै आएको छ। (राससको सहयोगमा)





Comments

comments

58513