नोबेल शान्ति पुरस्कार फ्रान्सकी साहित्यकार एर्नोलाई

स्टकहोम, यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ।

नोबेल पुरस्कार दिने ‘द स्विडिश एकेडेमी’ले एर्नोले विषयका जडसम्म पुगेर, बिछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गर्नुभएको जनाएको छ । त्यसैका लागि उहाँले नोबेल साहित्य पुरस्कार पाउनुभएको हो।

उहाँले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे खोतल्ने गर्नुहुन्छ । एर्नोले व्यवसायक लेखन थाल्नुपहिले एक शिक्षिकाका रूपमा काम गर्नुभएको थियो । उहाँका ‘अ म्यान्स प्लेस’ र ‘अ वुमन्स स्टोरी’ लगायतका पुस्तकहरू समकालीन फ्रान्सका उत्कृष्ट साहित्यमा गनिन्छन्।

नोबेल पुरस्कार कमिटीका अध्यक्ष प्रोफेसर कार्ल हेनरिक हेल्डिनले एर्नोले नोम्र्यान्डी फ्रान्समा बाल्यकाल बिताउनुभएको र उहाँको परिवेश त्यस बेला ‘गरिब तर महत्त्वाकाङ्क्षी’ रहेको बताउनुभयो।

यो पुरस्कार स्विडिश एकेडेमीले प्रदान गर्ने गर्छ र एक करोड स्विडिश क्रोनर अर्थात् आठ लाख डलर बराबरको रहेको छ । गत वर्षको नोबेल शान्ति पुरस्कार तान्जनियाका उपन्यासकार अब्दुल रजाक गुर्नाले पाउनुभएको थियो। रासस

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

59025