अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं, पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दै गएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ रुपियाँ ५४ पैसा छ भने बिक्रीदर एक सय ३३ रुपियाँ १४ पैसा छ।

केन्द्रीय बैंकले अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर एक सय ३१ रुपियाँ ४८ पैँसा र बिक्रीदर एक सय ३२ रुपियाँ आठ पैसा तोकेको थियो ।

त्यस्तै, आज युरोको खरिद मूल्य एक सय २९ रुपियाँ ६५ पैसा र बिक्री मूल्य एक सय ३० रुपियाँ २४ पैसा छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । नेपाली मुद्राको भारतीय रुपियाँसँग स्थिर विनिमयदर रहेको र अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ।

पछिल्लो समय अमेरिकी डलरको मूल्यमा लगातार वृद्धि हुँदा विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा सकारात्मक प्रभाव रहन्छ । तर नेपालको अर्थतन्त्रमा अमेरिकी डलर बलियो बन्दा त्यसको प्रभाव नकारात्मक पर्ने जानकारहरु बताउँछन् । नेपालको वैदेशिक व्यापार स्थिति निर्यातका तुलनामा आयात उच्च रहने भएकाले त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ । यसले शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चितिमा समेत असर पार्छ । त्यस्तै डलरको भाउ बढ्ने वित्तिकै आयातित वस्तु, इन्धनलगायतको मूल्य बढ्ने, विदेशी ऋणको साँवा र ब्याजको परिणाम डलरको मूल्यसँगै बढ्ने हुन्छ।

रासस





Comments

comments

59782