वडाध्यक्ष रानाको घरमै लडेर मृत्यु

गोरखा नगरपालिका-५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ। बिहीबार साँझ भाइटीकापछि उनको एक्कासी लडेर मृत्यु भएको हो।

नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनु अघि नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ। राना एमालेबाट वडाध्यक्षमा निर्वाचत भएका थियो।

वडाध्यक्ष रानाको आज अन्त्येष्टि गरिने सचिव रोकाले जानकारी दिए। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राना गोरखा नगरपालिका–५ बाट बडाध्यक्षमा विजयी भएका थिए। उनी एमाले गोरखा जिल्ला कमिटी सदस्य तथा युवा संघको नेपालका केन्द्रीय सचिवालय सदस्यसमेत थिए। रासस





Comments

comments

60233