घर मर्मतलगायतका आवश्यक कामका लागि सेवा दिन सीधाफोनको एप्स पोखरामा सुरु भएको छ।
प्लबिङ, इलेक्ट्रिसियन, पेन्टिङ, सिसि क्यामेरा जडानलगायतका कामको सजिलो तरिकाले २४ सै घण्टा बुकिङ र सेवा लिनका लागि एप्स ल्याइएको छ।
घर, व्यवसाय, होटल रेस्टुरेन्ट, सरकारी कार्यालयमा आवश्यक सेवा सुविधा दिने उद्धेश्यले एप्स ल्याइएको सिधाफोनका संचालक एस के गुरुङले बताए।
[wds id=”25″]
सिधा फोनको एप्सबाट नै मासिक, अर्धवार्षिक र वाषिर्क प्याकेजहरु लिन सकिने सुविधा रहेको बताउँदै गुरुङले सबै सेवा सजिलोसंग एकै ठाउँमा घर मर्मतलगायतका आवश्यक कामका लागि सेवा दिन सीधाफोनको एप्स पोखरामा सुरु भएको छ।
सिधा फोनको एप्सबाट सबै सेवा सजिलोसंग एकै ठाउँमा फेला पार्न सकिने जानकारी दिए। बिदेशमा बस्ने नेपालीहरुले बिना झन्झट बिदेशबाट नै आफ्नो घरलाई चाहिने आवश्यक सेवाहरु लिन सकिने छ। एप्सको वेभसाइट www. sidhafone. com मार्फत पनि आवश्यक कामको बुकिङ गर्न सकिने उनले बताए।
पोखराका युवा व्यवसायी एस के गुरुङ, प्रमिला थापा, मनोज गुरुङको संयुक्त लगानीमा संचालनमा ल्याइएको हो। हाल सम्म कम्पनीसंग ६५ जना कर्मचारी आबद्ध रहेका छन्। कम्पनीले छिट्टै नै कर्मचारी थप गरि टोलटोलमा सेवा थप्दै देशका अन्य ठाउँमा पनि शाखा विस्तार गर्ने योजना लिएको छ।