Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखरामा रक्तदानका लागि आह्वान

प्रेस बिज्ञप्ति
देश दुखेको बेला सबैको मन दुखेको हुनुपर्छ। देश अहिले महाभुकम्पको महाबिपत्तीलाई झेलिरहेको छ। गोर्खाको बार्पाक केन्द्रबिन्दु बनाएर आएको ७.६ रेक्टर स्केलको महाभूकम्पले देशको राजधानी काठमाणडौंलगायत धेरै जिल्लामा जनधनको क्षति पुर्याएको छ।

यो दुखद घडिमा हामी सम्पूर्ण शोकमा डुबेका नेपालीप्रति हार्दिक समबेदना प्रकट गर्न चाहन्छौ। यो प्रतिकुल अवस्थामा प्रकृतिले निम्त्याएको यस विपतमा परि ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि ब्यक्त गदछौं। यस असामयिक परिस्थितीमा जो जहाँ जस्तो अवस्थामा रहे पनि उद्धार कार्यमा हातेमालो गरि देशमा लागेको घाउमा मल्हम पट्टी लगाउनका लागि आह्वान समेत गर्दछौं।

यतिबेला घाइतेहरुको उपचार भइरहेको छ। नेपाल रेडक्रस सोसाइटीले ब्लड बैंकमा रगतको अभाव रहेको ब्यहोरा जानकारी गराएको छ। यस दुखद घडिमा संस्थागत रुपमा यस क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै मिती २०७२ बैशाख १४ गते बिहान ८ बजे क्लबको प्राङ्गणमा आकस्मिक रक्तदान कार्यक्रम राखिएको ब्यहोरा पनि अवगत गर्न चाहन्छु। उक्त कार्यक्रममा सम्पूर्ण महानुभावहरुलाई मानबियताका खातिर रक्तदानका लागि पनि आह्वान गर्दछु।

धन्यबाद।

सुरज श्रेष्ठ
अध्यक्ष
शितलज्योती युवा क्लब
शितलादेबी , पोखरा–१२





Comments

comments

Leave a Reply

6084