हङकङमा बुधवारदेखि एक्कासी चिसो बढ्दै.

एचकेनेपाल डट कम –

हङकङ, २९ नोभेम्बर । हङकङ अब्जरभेटरीले बुधवारदेखि एक्कासी चिसो बढ्ने जनाएको छ।

–

हङकङ अब्जरभेटरीका अनुसार उत्तरबाट चल्ने चिसो हावाले यस क्षेत्रमा तापक्रम उल्लेख्य रूपमा घट्ने अब्जरभेटरीले जनाएको छ।

सहरी क्षेत्रहरूमा तापमान सुरुमा लगभग २४ डिग्री सेल्सियस हुनेछ र क्रमशः रातको तापक्रम न्यूनतम १५ डिग्री सेल्सियससम्म झर्नेछ। न्यु टेरिटोरिजहरुमा झनै चिसो तापक्रम हुनेछ।

–

उत्तरपूर्वी तीव्र मनसुनले आगामी दुई दिनमा ग्वाङ्डोङको तटलाई असर पाार्नेछ। बिहानपख मौसम अलि चिसो र सप्ताहन्तमा थोरै मध्यम हुने अपेक्षा गरिएको छ। ग्वाङडोङको तटमा दिनको तापक्रम बढ्ने र बिहानपख चिसो बढ्ने जनाइएको छ।

बिहीबार र शुक्रबार शहरी क्षेत्रहरूमा तापक्रम लगभग १३ डिग्री सेल्सियस र न्यु टेरिटोरिजहरुमा केही डिग्री कम हुनेछ। सप्ताहन्तमा बिस्तारै तापक्रम बढ्दै जाने छ।





Comments

comments

62317