Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भूकम्पले राष्ट्रपति यादबलाई पनि लखेट्यो शीतलनिवासबाट…

काठमाडौं, वैशाख १९ – महाभूकम्पले शीतल निवास चर्किएपछि राष्ट्रपति रामवरण्या यादवको ६ दिनसम्म त्रिपाल बास भयो। दुई ठूला भवनमध्ये पश्चिमपट्टिको पुरानोमा कार्यालय व्यवस्थापन गरिएको थियो।

त्यसलाई अहिले नयाँ भवनकै भुइँतलामा सारिएको छ। भूकम्पको धक्का कम हुँदै गएपछि राष्ट्रपति यादव बिहीबार भवनमा सरेका छन्।

प्राविधिकहरुको प्रारम्भिक अध्ययनले भने पुरानो भवन कमजोर भएकाले प्रयोग गर्न नमिल्ने सुझाव दिएका छन्। ‘पूर्वतिरको नयाँ भवनमा राष्ट्रपतिज्यूको निवास छ। पश्चिमको भाग भने धेरै ठाउँमा चर्किएको समाचार कान्तिपुर दैनिकमा छ।

त्यसलाई राम्रो मर्मत वा अन्य विकल्प खोज्नु राम्रो देखिन्छ,’ शीतल निवासकै प्राविधिक इन्जिनियर विनोद रञ्जितले शुक्रबार भने। शनिबारको भूकम्पगएसँगै राष्ट्रपति कार्यालय परिसरमा त्रिपाल टाँगी खानपान र बास बसेका थिए।





Comments

comments

Leave a Reply

6257