Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चौधरी ग्रुपद्वारा १५ करोड राहत घोषणा, १० हजार घर निर्माण गरिदिने

काठमाडौं, वैशाख २३ – चौधरी ग्रुपले चौधरी फाउण्डेसनमार्फत भूकम्प पीडितको दिर्घकालिन राहतका लागि २५ करोड रुपैयाँ खर्च गर्ने घोषणा गरेको छ।

आज ललितपुरको समिट होटलमा पत्रकार सम्मेलन गर्दै ग्रुपले ६ महिना भित्रमा १० हजार घर निर्माण गर्ने लक्ष्य लिएको जानकारी दिएको छ।

१ हजार ट्रान्जिसलन घरहरु चौधरी ग्रुप आफैले निर्माण गर्ने र बाँकी ९ हजार घर देशभित्र र बाहिरका विभिन्न संघसंस्था, दातृ निकाय र निजी क्षेत्रलाई प्रोत्साहन गरेर निर्माण गरिने चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले जानकारी दिए।

त्यसका लागि छुट्टै थप १० करोडको कोष खडा गरिने समाचार नागरिक दैनिकमा छ। ‘देशमा परेको यो विपत्तिमा दिर्घकालिन राहतस्वरुप पुनर्वास र विद्यालयहरु पनि निर्माणमा हामी लाग्नेछौं,’ उनले भने।





Comments

comments

Leave a Reply

6324