छोरा बनाईदिने भन्दै सयौं महिला भक्तजनसँग यौन प्यास मेटाएपछि

नयाँदिल्ली, वैशाख २५ – गाउँका सोझा भक्तजनलाई आश्वासन दिएर आफ्नौ यौन सिकार बनाउने बाबाको यस्तो हालत गरिएको छ। जसलाई देखेर कुनै पनि बाबाले त्यो कुरा सोच्न पनि सक्दैनन्। भारतको कर्नाटकमा महिला भक्तजनहरुसँग यौन दुराचार गर्ने बाबालाई गाउँलेको भीडमा विद्युत पोलमा बाधेर सबै गाउँलेले पालैपालो कुटपिट गरेका छन्। त्यसपछि सडकमा घिर्सादै घिर्सादै गाउँ परिक्रमा गरेका छन्।

कर्नाटकको गडग जिल्लाका श्री सिद्धाप्पाजी स्वामी नामका बाबाले आफ्नो यौन प्यास मेटाउन गाउँका धेरै महिलालाई आफ्नो जालमा फसाउने गरेको खुलासा भएको समाचार एजेन्सीले जनाएका छन्। स्वामीको यो कुकृत्यको जानकारी गाउँलेले पाएपछि स्‍थानीय गाउँलेले आफैले यो घटनामा न्याय दिने फैसला गरेका थिए। र स्वामीलाई कुटी कुटी गम्भीर घाइते बनाएका थिए।

तर त्यो समयमा प्रहरी समयमै पुगेकाले आरोपी बाबाको जिउँदै बचाएको थियो। प्रहरीका अनुसार यी बाबाले करीब दुई वर्षदेखि सो गाउँमा आश्रम बनाएर महिलालाई प्रयोग गरी आफ्नो यौन प्यास मेटाउँदै आएका थिए। खबर अनुसार बाबाको आश्रम नजिकैको मन्दिरमा सयौं भक्तजनहरु पूजा गर्न जान्थे । मन्दिरमा पूजा गरिसकेपछि बाबाको आर्शिवाद लिन उनको आश्रममा आउथे।

त्यही मौकामा बाबाले महिलालाई यौन सम्बन्ध राख्न बाध्य पार्थे। तर एकदिन बाबाले एक नवविवाहित महिलालाई त्यो आर्शिवाद दिँदादिँदै यौन प्रस्ताव राखेका थिए । त्यो प्रस्ताव राख्ने वित्तिकै ति महिला भागेपछि यो घटना बाहिर आएको हो। बाबाले छोरा बनाइदिने भन्दै महिलाहरुसँग यौन सम्बन्ध राख्दै आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाबाले हालसम्म दुई सय महिलालाई छोरा बनाईदिने भन्दै आफ्नो यौन प्यास मेटाएको खुलासा भएको छ । यस्तो खुालासा भएपछि प्रहरी उनीविरुद्ध जबरजस्तीकरणी मुद्दामा कारवाही अगाडी बढाएको छ। (एजेन्सीको सहयोगमा)

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

6383