सन् २०२३ मा युक्रेन युरोपियन युनियन र नेटोमा सहभागी हुने

किभ। युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरूको प्राथमिकता तोकेका छन्। उनले युक्रेनले आगामी वर्षमा गर्ने कामहरूका १० ओटा प्राथमिकता तोकेको समाचारमा जनाइएको छ।

ती प्राथमिकतामध्ये प्रधानमन्त्री सामियलले युक्रेन युरोपियन युनियनमा सहभागी हुने देखि लिएर नेटोको सदस्यता लिनेसम्म रहेको बताइएको छ। उनले आगामी वर्ष युक्रेनको विजयको वर्ष हुने पनि सो प्राथमिकतामा जनाएका छन्।

उनले भने– आगामी वर्ष युक्रेनेको विजयको वर्ष हुनेछ, हामीले जित्नेछौँ सन् २०२२ को विध्वंसपछिको पुनर्निर्माण लागि हामी लाग्नेछौँ। उनले रुसले गरेको आक्रमणबाट भएको क्षतिको निर्माण यसै वर्ष गरिने पनि जानकारी दिएका छन्।

उनले सबैभन्दा पहिलो प्राथमिकता यहाँको सुरक्षा व्यवस्थालाई मजबुत बनाउने रहेको भन्दै यसका लागि देशको सेनालाई सहयोग गर्ने पनि रहेको बताए।

उनले ऊर्जा, देशको आर्थिक क्षेत्रको विकास र विस्तार तथा युद्धमा युक्रेनका तर्फबाट लडेका योद्धाहरूलाई सम्मान गर्ने काम पनि यसै वर्षको प्राथमिकतामा रहेको बताएका छन्।

उनले सार्वजनिक प्रशासनमा सुधार, शिक्षाको विकास र विस्तार देशका ऊर्जाको विकास र विस्तार लगायतका कार्यक्रमहरू यस वर्षमा गरिने कार्यक्रम पनि रहेको उनले बताएका हुन्।

युक्रेनमा गत फेब्रुअरी महिनादेखि रुसले निरन्तर रूपमा हमला गरिरहेको छ। हतियारका माध्यमबाटै गरेको आक्रमणले युक्रेनको राजधानी किभलगायतका कैयौँ सहरका संरचनामा क्षति पुगेको छ।

रासस/सिन्ह्वा





Comments

comments

64481