एचकेनेपाल डट कम –
हङकङ, ४ जनवरी। बुधबार भएको एउटा सडक दुर्घटनामा ४७ वर्षीय यात्रुको मृत्यु भएको छ भने ७७ वर्षीय ट्याक्सी चालक घाइते भएका छन्।
चुक युन रोडमा जाँदै गरेको ट्याक्सी सुई चुक सपिङ सेन्टर नजिकै पुग्दा अचानक नियन्त्रण गुमाएर सडक छेउमा रोकेर राखिएको ट्रकमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो।
स्थानीय मिडियाका अनुसार चालक र यात्रु ट्याक्सीभित्र फसेका थिए। उनीहरुलाई उद्धार गरी क्वीन एलिजाबेथ अस्पताल लगिएको थियो।
दुर्भाग्यवस् यात्रु कामको मृत्यु भएको छ भने पुन नाम गरेका चालकको निधारमा चोट लागेको छ।
ब्रेक फेल भएपछि ट्याक्सी ट्रकको पछाडि दाहिने भागमा ठोक्किएको प्रहरीले जनाएको छ। जोखिमपूर्ण गाडी चलाएको आरोपमा ट्याक्सी चालक पुनलाई पक्राउ गरी थप अनुसन्धानका लागि हिरासतमा राखिएको जनाइएको छ।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)