सगरमाथा आराही शेर्पाहरुलाई कोलोराडो गर्भनरद्वारा भब्य सम्मान, जनवरी ५ का दिन शेर्पा दिवस मनाउने घोषणा

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो अमेरिका, ७ जनवरी। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने साहसी आराही शेर्पाहरुलाई कोलोराडोका गर्भनर जारेड पोलिसले भब्य सम्मान गरेका छन्।

कोलोराडोस्थित नेपाली शेर्पाहरुको साझा संस्था “शेर्पा नाङपी छोक्पा कोलोराडोको” पहलमा यही जनवरी ५ तारिखका दिन एक समारोहबिच स्टेट भवनमा उनीहरु सम्मानित भएका हुन्।

कोलोराडो राज्य सरकारले शेर्पाहरुलाई सम्मान गरेको जनवरी ५ तारिखको दिनलाई हरेक बर्ष शेर्पा दिवसको रुपमा मनाउने घोषणा गर्भनर जारेड पोलिसल गरेको शेर्पा नाङपी छोक्पा कोलोराडोका सचिव निमा शेर्पाले बताए।

अमेरिकामा यस्तो सम्मान पाउनु नेपाल र हामी सम्पूर्ण नेपालीहरुका लागि गौरवको कुरो हो। यसबाट हामी सबै नेपालीको शिर सगरमाथा जस्तै उच्च भएको छ। नेपाल, हामी नेपाली र सगरमाथालाई बिश्वभर चिनाउन भब्य कार्यक्रम आयोजना गरेकोमा कोलोराडो राज्य सरकारलाई उनले धन्यवाद दिए।

त्यसैगरी, उनले यस्तो बिशेष कार्यक्रमको अभिभावकत्व निभाउनु हुने हेल्पीङ हेण्डका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठ, बिशेष सहयोग गर्नु हुने पेम्वा तेन्जीङ शेर्पालगायत अन्य सम्पूर्ण महानुभावहरुलाई संस्थाका तर्फबाट बिशेष धन्यवाद दिन चाहन्छौ भनेका छन्।

सम्मान कार्यक्रममा एनआरएन कोलोराडो च्याप्टरलगायत स्थानीय संघ संस्थाका पदाधिकारी, समाजसेवी, गन्यमान्य, बुद्धिजीवीहरुको उपस्थिती रहेको थियो।





Comments

comments

64731