आज चाइनिज न्यु इयर इभः हङकङमा रातभर रेल चल्ने

एचकेनेपाल डट कम –

हङकङ, २१ जनवरी। एमटीआरले चाइनिज न्यु इयरको पूर्वसन्ध्या आज शनिवार हङकङमा रातभर रेल सेवा उपलव्ध गराउंने जनाएको छ।

एमटीआरले रातभर रेल सेवा उपलब्ध गराइने घोषणा गरेको हो, जबकि पाँचवटा रेलवे लाइनहरूको लुनार न्यु इयरको विदामा सेवा विस्तार गर्ने जनाएको छ।

रातभरको सेवाको लागि, एयरपोर्ट एक्सप्रेस, डिज्नील्याण्ड रिसोर्ट लाइन र पूर्वी रेल लाइनको लोक मा चाउ स्टेशनबाट आउने / जाने यात्रा बाहेक अन्य सबै रेलवे लाइनहरूमा आज रातभर रेलहरू चल्नेछन्। जबकि बेलुका ८ बजेदेखि आइल्याण्ड लाइन, चुन वान लाइन र क्वान टोंग लाइनमा थप रेल सेवा विस्तार गर्ने जनाएको छ।

त्यस्तै, सात एलआरटी / लाइट रेल मार्गहरू 505, 507, 610, 614P, 615P, 706 र 751 ले पनि रातभर सेवा प्रदान गर्नेछ। MTR बस रुटहरू 506, K51 र K54 ले पनि सेवाको समय विस्तार गर्नेछ।

छुट्टाछुट्टै आइल्याण्ड लाइन, चुन वान लाइन, क्वुन टोङ लाइन, साउथ आइल्याण्ड लाइन र चुन मा लाइनमा सेवाहरू लुनार न्यु इयरको पहिलो चार दिनहरूमा सेवा विस्तार गरिने जनाइएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

65141