आज चाइनिज न्यु इयर इभः हङकङमा रातभर रेल चल्ने

एचकेनेपाल डट कम –

हङकङ, २१ जनवरी। एमटीआरले चाइनिज न्यु इयरको पूर्वसन्ध्या आज शनिवार हङकङमा रातभर रेल सेवा उपलव्ध गराउंने जनाएको छ।

–

एमटीआरले रातभर रेल सेवा उपलब्ध गराइने घोषणा गरेको हो, जबकि पाँचवटा रेलवे लाइनहरूको लुनार न्यु इयरको विदामा सेवा विस्तार गर्ने जनाएको छ।

रातभरको सेवाको लागि, एयरपोर्ट एक्सप्रेस, डिज्नील्याण्ड रिसोर्ट लाइन र पूर्वी रेल लाइनको लोक मा चाउ स्टेशनबाट आउने / जाने यात्रा बाहेक अन्य सबै रेलवे लाइनहरूमा आज रातभर रेलहरू चल्नेछन्। जबकि बेलुका ८ बजेदेखि आइल्याण्ड लाइन, चुन वान लाइन र क्वान टोंग लाइनमा थप रेल सेवा विस्तार गर्ने जनाएको छ।

त्यस्तै, सात एलआरटी / लाइट रेल मार्गहरू 505, 507, 610, 614P, 615P, 706 र 751 ले पनि रातभर सेवा प्रदान गर्नेछ। MTR बस रुटहरू 506, K51 र K54 ले पनि सेवाको समय विस्तार गर्नेछ।

छुट्टाछुट्टै आइल्याण्ड लाइन, चुन वान लाइन, क्वुन टोङ लाइन, साउथ आइल्याण्ड लाइन र चुन मा लाइनमा सेवाहरू लुनार न्यु इयरको पहिलो चार दिनहरूमा सेवा विस्तार गरिने जनाइएको छ।





Comments

comments

65141