हङकङ एयरपोर्टमा बसको ठक्करबाट महिलाको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, २० जनवरी। हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि प्रहरीले बस चालकलाई पक्राउ गरेको छ।

एउटा टुरिस्ट मिनीबसले विमानस्थलको यात्रु टर्मिनल भवन नजिकैको बस स्टपमा विहीवार दिउंसो महिलालाई ठक्कर दिएको स्थानीय मिडियाले जनाएको छ।

टाउकोमा गम्भीर चोट लागेको ६६ वर्षीया ताई थरकी महिलालाई आकस्मिक उपचारका लागि एम्बुलेन्सबाट अस्पताल पठाइएको थियो तर गए राति उनलाई मृत घोषणा गरिएको जनाइएको छ।

प्रहरीले चान थरका ७० वर्षीय चालकलाई खतरनाक ड्राइभिङका कारण महिलाको मृत्यु भएपछि पक्राउ गरेर अनुसन्धान थालेको छ।





Comments

comments

65755