Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

दुखेको मनलाई धुर्मुस र सुन्तलीको साथ…

काठमाडौ, सरसफाई दूत एवं हाँस्य सिरियलका मेरी बास्सैका सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को नेतृत्वमा कलाकारहरु नुवाकोटमा विद्यालय र शौचालय निमार्णमा जुटेका छन्। कट्टेल र घिमिरे नेपाल सरकारको सरसफाई दूत हुन्।

नुवाकोटको ओखरपौवा गाविस-५ कुलेगाउँ र ६ ठूलेचित्रे गाउँमा चर्पी बनाउने र भत्किएका विद्यालय पुन निर्माण गर्ने अभियानमा उनीहरुसहित अन्य कलकालर शुक्रबारदेखि जुटेका हुन्।

भूकम्प प्रभावित जिल्लामा पहिलो अभियान अन्तर्गतको राहत वितरण सँगसँगै अस्थाई टहरा र चर्पी निमार्णमा कलाकारहरु जुटिरहेको सिताराम कट्टेलले बताए।

विकटमा तामाङ बस्ती रहेको नुवाकोट जिल्लाको ओखरपौवाका कुलेगाँउ र ठूलेचित्रेमा मात्रै ३ वटा घर बाहेक २ सय ३७ घर पूर्ण रुपमा भत्किएको छ। सरकारले हालसम्म ७ हजार नगद बाहेक गासवासको केही राहत व्यवस्था नगरेको स्थानीय दिपेश रुम्बा तामाङले गुनासो गरे।

ठूलेचित्रे गाँउको महाकाली निमाविको ७ कोठे भवन भत्किएको छ, कसरी कक्षा संचालन गर्ने चिन्ता भइरहेका बेला कलाकारहरुले बाँस र टिनकै भएपनि ७ कोठे भवन र ४ वटा शौचालय बनाइदिन लागेकोमा महाकाली निमावि ठूलेचित्रेका प्रधानाध्यपक राम उदगार यादवले खुसी व्यक्त गरे।

मेरी बास्सै, भद्रगोल, सगुन डटकम, जेष्ट फाउण्डेसनको सहयोगमा नुवाकोटको कुलेगाँउ र ठूलेचित्रेमा ४० वटा चर्पी र बाँसको भित्ताले बेरीएको टिनको छानाको ७ कोठे भवन निर्माण सुरु गरेको समाचार कान्तिपुरमा छ।

भूकम्प पीडित जिल्लामा राहत अभियान लिएर हालसम्म नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, काठमाण्डौँ, भक्तपुर, ललितपुर पुगिसकेको छ। कट्टेल भन्छन्, ‘हामी कलाकार भूकम्प प्रभावित क्षेत्रमा खटीएका छौँ । त्यसैगरी राष्ट्र निमार्णमा सबै नेपाली एकजुट होऔँ।’

अभियानमा नुवाकोटको कुलेगाँउ र ठूलेचित्रेमा धुर्मुस र सुन्तलीसँगै मेरी बास्सैका सुरबिर पण्डित, बुद्धि तामाङ (हनुमाने), बेगम नेपाली (भटभटे माईलो), गोपाल लामा (कार्की दाई), यसैगरी भद्रगोलका चर्चित कलाकार कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), हरी निरौला (कक्रोज), बले लगाएतका ३० जनाको टोली रहेका छन्।





Comments

comments

Leave a Reply

6640