Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

क्रिया खर्च ५ लाख भूकम्पपीडितलाई दिनु भन्दै आत्‍महत्‍या गरे पूर्वन्‍यायाधीशले

काठमाडौं, सर्वोच्च अदालतका पूर्व न्‍यायाधीश भरतराज उप्रेतीले आत्महत्‍याका गरेका छन्। उनले आइतबार राति आफ्नै निवासमा डोरीको पासो लगाएर आत्महत्या गरेका हुन्।

उनको सुसाइड नोटमा इच्छामरण लेखिएको समाचार नागरिक दैनिकमा छ। ‘इच्छामरण हो। शव अस्पताललाई दान दिनू। क्रिया खर्च पाँच लाख भूकम्पपीडितलाई दिनू,’ सुसाइड नोटमा लेखिएको छ।

उनले सुसाइड नोटमा आफूले आत्‍महत्‍या गर्नुको दोष भने नेपाल बारलाई दिएको समाचार अन्नपूर्णपोष्टले दिएको छ।

नेपाल बारले अवकाश प्राप्त न्‍यायाशीशहरुले सर्वोच्‍चमा कुनै पनि किसिमको अभ्‍यास गर्न नपाउने निर्णय गरेपछि न्‍यायाधीश उप्रेतीले असन्तुष्टि जनाउँदै आएका थिए। बारको सोही निर्णयबाट आफूमर्माहत भएको भन्दै आत्‍महत्‍या गरेको उनको सुसाइट नोटमा उल्लेख छ। उप्रेतीको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित शिक्षण अस्पतालमा लगिएको छ।

कम्पनी ऐन र वाणज्यि ऐनमा दख्खल भएका उप्रेती संवैधानिक कानुनका पनि ज्ञाता थिए। नेपालको संविधान २०४७ का विषयमा उनले दुई वटा कृतिसमेत प्रंकाशित गरेका थिए।





Comments

comments

Leave a Reply

6680