Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपालबाट द व्रिटिश कलेज सर्वोत्कृष्ट

काठमाडौं, जेठ १३। बेलायतको संस्था चार्टर्ड इन्ष्टिच्युट अफ म्यानेजमेन्ट अकाउन्टेन्स्ले आयोजना गरेको सीमा ग्लोबल विजनेश च्यालेन्जमा नेपालबाट द व्रिटिश कलेज सर्वोत्कृष्ट भएको छ। मंगलबार होटल र्याडिसनमा भएको प्रतिस्पार्धामा व्रिटिश कलेजले उपाधि हात पारेको हो।

प्रतिस्पर्धामा नेपालका १४८ टीम सहभागी थिए। त्यसमध्ये उनीहरुले पेश गरेको रिपोर्टको आधारमा उत्कृष्ट ४ टीम छनौट गरिएको थियो। छानिएका चार टीम मध्ये द व्रिटिश कलेजको ‘टीम डुअर्स’ सर्वोत्कृट भएको हो। व्रिटिश कलेजको तर्फबाट विद्यार्थीहरु कल्पना पन्त, सफलता श्रेष्ठ, एन्जल शर्मा र प्रियंका पुरी सहभागी थिए।

द व्रिटिश कलेजका तर्फबाट सहभागि टीमकी लिडर कल्पना पन्तले प्रतिस्पर्धामा पाएको सफलताले निकै उत्साही बनाएको बताइन्। ‘यो सफलतापछि विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्न पाइन्छ भन्ने कुराले झनै उत्साहित भएका छौ। मेहनतको फल प्राप्त गरेका छौ भन्ने लागेको छ,’ उनले भनिन्, ‘विश्वव्यापी प्रतिस्पर्धामा उत्कृष्ट प्रस्तुति दिएर नेपालको लागि अवार्ड ल्याउने प्रयास गर्नेछौं।’

प्रतियोगितामा आफ्ना विद्यार्थी उत्कृष्ट भएपछि कलेजका प्रमुख कार्यकारी अधिकृत राजन कंडेलले यस्तो उत्कृष्ट प्रतिस्पर्धा नेपालमा आयोजना हुनु नेपाली विद्यार्थीको लागि ठूलो अवसर भएको बताए। ‘यस्ता खालका प्रतियोगिता हुंदा विद्यार्थीले विश्वका अरु विद्यार्थीसंग पनि प्रतिस्पर्धा गर्न पाउंछ’ उनले भने।

प्रतिस्पर्धाका लागि आयोजकले नै व्यवसायिक क्षेत्रसंग सम्वन्धित विषय दिएको थियो। त्यसैको आधारमा रिपोर्ट तयार गरेर सहभागीहरु प्रतिस्पर्धामा उत्रिएका थिए।

वार्कलेज बैंकको स्पोन्सरमा सीमाद्धारा आयोजित सीमा ग्लोबल विजनेश च्यालेन्जको विश्वव्यापी प्रतिस्पर्धा अगस्ट ३ देखि ७ सम्म पोल्याण्डको वार्सामा हुनेछ। नेपालबाट उत्कृष्ट टिमले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छ। प्रतिस्पर्धाको उत्कृष्ट वक्ताको उपाधि पनि द व्रिटिश कलेजका एन्जेल शर्माले पाएका छन्।

प्रतियोगितामा नेपाल कमर्स क्याम्पसको टीम अव्स्ट्रयाक्ट द्धितीय, काठमाडौ विश्वविद्यालयको कलेज अफ म्यानेजमेन्ट ‘टीम फ्याल्कन्स’ तृतीय र इस्लिङ्टन कलेजको टीम आईआर स्क्वायर चौथो भएको छ।





Comments

comments

Leave a Reply

6725