भूकम्पबाट टर्की र सिरियामा मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघ्यो, हङकङले पनि पठायो खोज तथा उद्धार टोली

एचकेनेपाल डट कम –

हङकङ, ८ फेब्रुअरी। हङकङले ७.८ म्याग्निच्युडको भूकम्प गएपछि उद्धार कार्यमा सहयोग गर्न ५९ सदस्यीय टोली टर्की पठाएको छ।

हङकङका कार्यवाहक प्रमुख कार्यकारी एरिक चान र सुरक्षा सचिव क्रिस ताङले अग्नि सेवा विभागको शहरी खोज र उद्धार टोली, सुरक्षा ब्यूरो, अध्यागमन विभाग र स्वास्थ्य विभागका अधिकारीहरूलाई बुधबार साँझ विदाई गरेका छन्।

व्यापार यात्राको लागि संयुक्त अरब इमिरेट्समा रहेका हङकङका प्रमुख कार्यकारी जोन लीले जीवन बचाउन टर्की प्रस्थान गरेका उद्धार टोलीलाई धन्यवाद दिएका छन्।

लीले फेसबूक पोष्टमा भूकम्प पीडितहरुप्रति समवेदनासमेत व्यक्त गरेका छन्। उनले प्रभावित क्षेत्रमा रहेका हङकङका नागरिकको अवस्थालाई सरकारले गम्भीरतापूर्वक ध्यान दिने र आवश्यक परेमा सहयोग गर्न तयार रहेको बताएका छन्।

यो समाचार तयार पार्ने समयसम्म टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघेको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

67657