Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायत महासंघको अध्यक्षमा छन्त्याल र महासचिवमा शेर्पा निर्वाचित

योगेन्द्रमिलन छन्त्याल / एचकेनेपाल डट कम –
पोर्तुगल। नेपाल आदिवासी जनजाति महासंघ बेलायतको अध्यक्षमा तुलप्रसाद छन्त्याल चयन भएका छन्। आइतबार सम्पन्न महासंघको दोश्रो महाधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा जंग सुनुवार, उपाध्यक्षद्वयमा लोेकेन्द्र तबेबुङ र देवीमाया पुन, महासचिव कर्मा पहाडी शेर्पा, सचिव जगत गुरुङ, कोषाध्यक्ष पासाङ लामा र सहकोषाध्यक्षमा इन्द्र दुरा निर्विरोध चयन भएका छन्। त्यस्तै समितिमा तामाङ समाज, किरात राई यायोख्या र याख्खा छुम्माका प्रतिनिधिहरु सदस्य रहेका छन्।

नव निर्वाचित अध्यक्ष छन्त्यालले महासंघलाई आर्थिक रूपमा दरिलो बनाउने, आदिबासीहरुको हक अधिकारका मुद्दाहरुमा एकताबद्ध भएर ससक्त ढंगले अगाडि बढ्ने, नेपाल आदिबासी जनजाति महासंघसँग समन्वय गर्दै बेलायतमा रहेका आदिबासी जनजातिहरुबीच जनचेतनाका कार्यक्रमहरु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

अधिवेशनले नेपालमा पदमरत्न तुलाधरको संयोजकत्वमा गठित राष्ट्रिय आदिवासी जनजाति आन्दोलनलाई निरन्तर समर्थन र सहयोग गर्ने, नेपालमा पहिचानसहितको संघीयता स्थापना गर्नका लागि डटेर लागि पर्ने संकल्प प्रस्ताव पारित गरेको छ।

निवर्तमान अध्यक्ष श्रीप्रसाद लिम्बुको अध्यक्षतामा सम्पन्न अधिवेशनको बन्द सत्रबाट महासचिव नरेश काङमाङ राईले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष होम सुनुवारले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएका थिए।

भूकम्पमा दिवंगतहरुको चीर शान्तिको कामना गर्दै कार्यक्रममा एक मिनट मौन धारण गरिएको थियो।

जनजातिहरुले नेपाली दूताबास बेलायतबाट हिन्दू धर्ममा आधारित चाडपर्वहरुमा विशेष कार्यक्रम अायोजना गरी मनाउँदै आएकोमा आदिवासी जनजातिका चाडपर्व पनि आयोजना गर्न ज्ञापन पत्र बुझाउने निर्णय पनि गरेका छन्।

आसफोर्ड केन्टमा सम्पन्न कार्यक्रमको व्यवस्थापन तथा संयोजन बेलायत छन्त्याल संघले गरेको थियो।





Comments

comments

Leave a Reply

6777