पृथ्वीबहादुर शाहविरुद्ध नौ जना अमेरिकी नागरिकको किटानी जाहेरी

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा रहेका पृथ्वीबहादुर शाहविरुद्ध नौ जना अमेरिकी नागरिकले किटानी जाहेरी दिएका छन्।

शाहसहितको समूहले विभिन्न कम्पनी खडा गरी अमेरिकाबाट पाँच वर्षमा ६१ करोड ३५ लाख ९६ हजार ४४ रुपियाँ शङ्कास्पद रूपमा ल्याएको खुलेपछि सीआईबीले शाहसहित छ जनालाई पक्राउ गरी अनुसन्धान गर्दै छ।

सीआईबीका निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले हालसम्म नौ जना अमेरिकी नागरिकले आफू ठगिएको भन्दै शाहविरुद्ध किटानी जाहेरी दिएको बताए । सीआईबीको अनुसन्धानमा शाहसहित सङ् गठित समूहले अमेरिकाबाट ४६ लाख ४६ हजार ७३७ अमेरिकी डलर विभिन्न कम्पनीको नाममा भित्र्याएको खुलेको छ। त्यही अभियोगमा शाहसहित छ जनालाई गत पुस २२ गते काठमाडौँबाट पक्राउ गरिएको थियो।

शाहको नाममा रहेका अन्य कम्पनी र त्यसका सञ्चालकसमेत अवैध रकम भित्र्याउन सहयोगी भएको हुन सक्नेबारे समेत ब्युरोले अनुसन्धान गरिरहेको छ । शाहसहितको समूहले विभिन्न नक्कली कागजपत्र तयार गरी विभिन्न बैङ्कबाट ऋण लिएको पाइएपछि ब्युरोले सरकारी कागजात किर्तेमा पनि मुद्दा चलाउने तयारी गरेको जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ।





Comments

comments

67858