Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

थाई राजगुरु सुटुक्क नेपाल आएर राहत बाँडेर फर्के

काठमाडौं, थाई राजालाई दीक्षा र राज्याभिषेक दिने बुद्धधर्मका बडागुरु सोमडेच फ्रा महामंगलाचान एयर एसियाको विमान चार्टर गरी नेपालका भूकम्पपीडितलाई राहत दिन एक सय ५० जनाको टोली लिएर मंगलबार काठमाडौं आएर फर्किए।

उनी ८ घन्टा नेपाल बसेर भूकम्पपीडितलाई राहत वितरण गरी मंगलबार साँझ नै थाइल्यान्ड फर्किए। बडागुरु महामंगलाचानका साथमा थाई सूचना तथा प्रविधिमन्त्री, पूर्वमन्त्री र वरिष्ठ धर्मगुरुहरू थिए। उनी बुद्धधर्मको थाइल्यान्डको सर्वोच्च निकायका राजगुरु हुन्।

मंगलबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका धर्मगुरु महामंगलाचान त्यहाँबाट सोझै धर्मस्थली पुगेर भूकम्पपीडितलाई राहत वितरण गरे। उनी थाइल्यान्डमा मनाइने बुद्धपूर्णिमाको अवसर पारेर भूकम्पपीडितलाई राहत बाँड्न नेपाल आएको समाचार अन्नपूर्णपाेष्ट दैनिकमा समाचार छ। थाइल्यान्डको परम्पराअनुसार मंगलबार बुद्धपूर्णिमा हो।





Comments

comments

Leave a Reply

6807