नयाँ भर्सनमा गंगा बरदानको कहाँमा काट्यो

धरान। नेपाली बब मार्लीको उपनामले चिनिने लोकप्रिय लोक श्रस्टा गंगा बरदानको लोकप्रिय गीत ” कहाँमा काट्यो बेतको लौरी ” नयाँ भर्सनमा सार्वजनिक भएको छ।

लोक श्रस्टा गंगा बरदानको लोकप्रिय गीत ” कहाँमा काट्यो बेतको लौरी ” बि. स. २०३५ सालमा रेडियो नेपालमा आफ्नो जीवनकै पहिलो गीत रेकर्ड गरेका थिए। त्यसपछि २०५५ साल ताका आफ्नो पहिलो एल्बम गंगा बरदान भाग १ को लागि यहि गीत दोस्रो पटक नमस्ते स्टुडियो , काठमाण्डौमा रेकर्ड गरेका थिए भने २०७९ सालमा आएर तेस्रोपल्ट धरानको न्यु भावना रेकर्डिङ्ग स्टुडियोमा तेस्रोपल्ट नयाँ भर्सनमा रेकर्ड गरेका हुन्। अहिले सम्म पनि उतिकै सदाबहार गीतलाई यसपाली भने रेगी भर्सनमा बनाईएको छ। पुरानै लयलाई कतिपनि नबिगारी संगीत संयोजनमा नयाँ टेस्टमात्र दिन खोजिएको गायक गंगा बरदान बताउंछन्।

१६ बर्षको कलिलो उमेरमा बि. स. २०२५ सालमा भोजपुरमा आयोजित लोक तथा नृत्य प्रतियोगितामा ” दाई त काले भाई पनि काले काले काले मिलेर खाउँ भाले ” बोलको आफ्नै संकलन तथा स्वर रहेको गीत बाट दोस्रो स्थान प्राप्त गरि रु ५०००/- पुरस्कार पाएका बरदानले त्यसको ६ बर्षपछि बि. स. २०३१ सालमा धरानमा आयोजित पुर्वान्चल ब्यापी लोक गीत प्रतियोगितामा ” छपनीले छान छान डबकीले हान ” बोलको गीतबाट प्रथम स्थान हात पारेका थिए। नमस्ते ब्याण्डको सक्रियतामा उनको गंगा बरदान भाग १ , २ , ३ एल्बम बजारमा आइसकेको छ।

” कहाँमा काट्यो बेतको लौरी ” को नयाँ भर्सनमा जुपिहाङ्ग लिम्बुको संगीत संयोजन तथा डम्बर लिम्बुको मिक्सिंग तथा मास्टरिंग रहेको छ।





Comments

comments

68079