गौतमबुद्ध विमानस्थलबाट छिट्टै अन्तर्राष्ट्रिय उडान

काठमाडौं, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै अन्तर्राष्ट्रिय उडान शुरू हुने भएको छ। पुसदेखि अन्तर्राष्ट्रिय उडान बन्द रहेको उक्त विमानस्थलबाट पहिला नियमित उडान गर्दै आएको जजिरा एयरवेजले उडान गर्ने भएको हो।

जजिराको उडान पुनस् शुरू हुनुअघि सोमवार एउटा चार्टर्ड उडान हुँदै छ।

उक्त विमानस्थलमा क्यानेडेली एयरलाइन्सले चार्टर्ड उडान गर्ने विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले आइतवार चार्टर्ड उडान गरेर आउने भनिए पनि विविध कारणले रोकिएको र सोमवार आउने कार्यतालिका रहेको जानकारी दिए । उनका अनुसार मौसममा सुधार र अन्य प्राविधिक कुरामा सुधार भएसँगै जजिरा एयरवेजले उडान गर्ने समय मागेको छ।

जजिराले फागुन २५ गते बिहानदेखि उडान गर्नेछ । अहिले आन्तरिक उडान मात्रै हुँदै आएको उक्त विमानस्थलबाट जजिरा एयरवेजले मंगलवार, बिहीवार र शुक्रवार उडान गर्नेछ । यसअघि पनि जजिराले सातामा तीन उडान गर्दै आएको थियो । मौसम प्रतिकूलताको कारण उक्त एयरलाइन्सले गौतमबुद्ध–कुवेत उडान रोकेको थियो । यो समाचार आर्थिक अभियान दैनिकमा छ।





Comments

comments

68097