Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपालगञ्ज विमानस्थलमा आगलागी

नेपालगन्ज विमानस्थलमा लागेको आइतबार दिउँसो तीनबजे आगलागी साँझ साढे ६ बजे नियन्त्रणमा आएको छ। विमानस्थल परिसरमा रहेको खरमा लागेको आगो निभाउन नेपालगन्ज उपमहानगरपालिकाको दुई वटा दमकल, विमानस्थलका कर्मचारी, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दालाई हम्मेहम्मे परेको थियो।

आगलागी नियन्त्रणका क्रममा करिव ७ सयको संख्यामा जनशक्ति परिचालन गरिएको थियो। नेपालगन्ज विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईले आगलागीका कारण काठमाडौंबाट बेलुकी पख हुने दुई वटा उडान प्रभावित भएको बताए। ‘विमानस्थल परिसरमा आगलागी भएपछि सबै उडान बन्द गरेका हौं,’ उनले भने, ‘आगलागी पुर्व नै पहाडी जिल्लाका उडान सकिएकाले ती उडानलाई असर भएन।’आगलागीबाट विमानस्थलको रनवे साइडमा रहेका बत्तिमा क्षति पुगेको प्रहरीले जनाए पनि विमानस्थल प्रमुख गुरागाईले खासै क्षति नभएको बताए गरे। ‘आगलागीबाट खासै क्षति भएको छैन। केही उडान मात्र प्रभावित भयो,’ उनले भने।

नेपालगन्ज विमानस्थलबाट दैनिक २० वटा उडान हुन्छन्। प्रत्यक्षदर्शीका अनुसार विमानस्थलको पश्चिम क्षेत्रमा रहेको खरमा एक्कासी आगोको मुस्लो देखिएको थियो। सडकसँगै विमानस्थल परिसर जोडिएकाले कसैले फ्याकेको चुनोटको ठुटोबाट आगो सल्केको हुन सक्ने प्रहरीको प्रारम्भिकअनुमान छ।

विमानस्थलसँग रहेको दमकल बिग्रेका कारण तत्काल नियन्त्रण गर्न नसकिएको प्रमुख गुरागाईले बताए। विमानस्थलसँग रहेको दमकल तीन महिनादेखि बिग्रिएर थन्किएको समाचार नागरिक दैनिकमा छ। करिव २० वर्ष पुरानो उक्त दमकल मर्मत गरेर प्रयोग गर्न असम्भव भएपछि थन्किएको बिमानस्थल अग्नि नियन्त्रण तथा जीवन उद्वार शाखा प्रमुख शेरबहादुर शाहीले बताए। राँझाका स्थानीय बासिन्दा अगेराम यादवले समयमा दमकल नआउँदा आगो धेरै क्षेत्रमा फैलिएको बताए।





Comments

comments

Leave a Reply

6868