कोलोराडोका सामाजिक अभियान्ता नारायण श्रेष्ठको निधन, अन्तिम संस्कार मार्च ३० मा हुने

नातिबाबु भट्ट –

कोलोराडो, अमेरीका। कोलोराडोका सामाजिक अभियान्ता तथा नेपाली घरका संस्थापक अध्यक्ष नारायण श्रेष्ठको सोमबार असामयिक निधनको खबरले नेपाली भाषी समाज पुरै शोकमा डुवेको छ।

उनको उपचारको क्रममा लङमन्ट अस्पतालमा निधन भएको खबरले सबै कोलोराडोबासी स्तब्ध भएका छन्।

बि.सं २०१५ सालमा संखुवासभा जिल्लाको खांदबारीमा जन्मेका नारायण श्रेष्ठ सन् १९९६ देखि अमेरीकाको कोलोराडोमा बस्दै आएका थिए । प्रवासमा नेपाल र नेपालीको पहिचान गराउन तथा भाषा, धर्म, संस्कृतिको जगेर्ना गर्दै पुस्तान्तरण गर्न नेपाली सामुदायिक भवनको आवश्यकता महसूस गरी त्यसको निर्माण गर्न आजभन्दा १३ बर्ष अगाडि नेपाली घर भन्ने संस्था दर्ता गरी श्रेष्ठ त्यसको संस्थापक अध्यक्ष भएका थिए । उनै नेपाली समुदायको हक हित अभियानका मार्ग दर्शक श्रेष्ठको असामयिक निधनकको खबरले सबै आश्चर्यमा परेका हुन्।

उनको निधनमा कोलोराडोमा सक्रिय सामाजिक संघ संस्था, समाजसेवी सबैले बिभिन्न सामाजिक सञ्जाल मार्फत शोक ब्यक्त गरेका छन्। स्वर्गिय नारायण श्रेष्ठको आगामी मार्च ३० तारिख बिहीबारको दिन बिहान १० बजे ( Horan & McConathy Funeral Service, 9998 Grant Street, Thornton ) हिन्दु परंपरा अनुसार दाहसंस्कार गरिने उनको धर्म पत्नी शोभा श्रैष्ठले बताएकी छिन्। धर्म पत्नी श्रेष्ठले अन्तिम संस्कारका दिन संभव भएसम्म कोलोराडो निवासी सबैलाई उपस्थित भईदिनुहुन समेत अनुरोध गरेकी छिन् । नारायण श्रेष्ठ एक छोरा २ छोरी र श्रीमतीसहित कोलोराडो स्थित लङमन्टमा बस्दै आएका थिए।

यसैगरी कोलोराडोमा नेपाली भाषी समुदायमा सक्रिय नेपाली घरले आफ्नो संस्थापक अध्यक्ष, बर्तमान कार्य समितिका सल्लाहकार तथा नेपाली सांस्कृत भवन खरिद प्रक्रियाको लोन ग्यारेन्टर नारायण श्रेष्ठको सम्मानमा आगामी अप्रिल ९ तारीख आईतबार दिउसो २ दिन नेपाली सांस्कृतिक केन्द्र भवनमा शोक सभा गरिने नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन्।





Comments

comments

70071