बेलायतको संसदीय प्रतिनिधि मण्डलद्वारा एनएमबि बैंकको भ्रमण

ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पियनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरु र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्य समूहले एनएमबि बैंकको भ्रमण गरेका छन्।

एनएमबि बैंकको ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टसगँको सहकार्य पश्चात भएको प्रगतिबारे अवलोकन गरि एनएमबि बैंकले कार्यान्वयन गर्दै आई रहेको दिगो बैंकीङ्ग अभ्यासको जानकारी लिने मुख्य उद्देश्यका भ्रमण आयोजना गरिएको बैंकले जनाएको छ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सीले भ्रमणका प्रतिनिधिहरुलाई बैंकले दिगो बैंकीङ्ग अभ्यासको कार्यान्वयन पश्चात गरेको प्रगति विवरणको समिक्षा गर्दैे बैंक तथा समग्र देशको दिगो विकास लक्ष्य प्राप्त गर्न पुर्याएको उल्लेखनीय योगदानको बारे समेत प्रकाश पारेका थिए । प्रतिनिधि मण्डलसगँ छलफलको क्रममा के.सी.ले नेपालको दिगो तथा समाबेशी आर्थिक विकास बीच रहेको स्रोत साधनको अन्तरपुर्ति गर्नकोलागि ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट जस्ता संस्थाले प्रदान गर्ने अनुदानको महत्व तथा आवश्यकताको बारेमा जोड दिए।

साथै, प्रतिनिधिहरुले बैंकले जलविद्युत परियोजना मार्फत समुदाय विकासमा पुर्याएको योगदानको प्रशंसा गरे । महिला तथा फरक ढंगले सक्षम व्यक्तिहरुको सशक्तिकरणकालागि बैंकले गरेको पहल र कमजोर आर्थिक अवस्था भएका र पिछडिएका समुहहरुको स्तर उन्नतीकालागी बैंकले गरेको योगदानका बारेमा छलफल गर्दै दुवै तर्फका प्रतिनिधिहरुले सो सम्वन्धी प्रतिक्रिया समेत आदानप्रदान गरिएको बैंकले जनाएको छ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

70074