हङकङको घडी दुकानमा लुटपाट गर्ने थप एक पक्राउ, पक्राउ पर्नेमा भारतीय नागरिक…

एचकेनेपाल डट कम –

हङकङ, ३१ मार्च। हङकङको घडी दुकानमा लुटपाट गरेको अभियोगमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हङकङको परिचयपत्र बोकेका २९ वर्षीय भारतीय नागरिक रहेका छन्। लुटपाटको आशंकामा गएराति प्रहरीले शाम शुई पोबाट उनलाई पक्राउ गरेको हो।

यसअघि दुई पाकिस्तानीसहित तीन जना पक्राउ परि सकेका छन्।

चुङ किङ मेन्सननजिक सीकेई सपिङ मलको दोस्रो तल्लामा रहेको आरडब्लुडब्लु वाच कम्पनीको घडी पसलमा मार्च २५ तारिख शनिवार दिउंसो लुटपाट भएको थियो।

लुटपाटको बेला चार जना दक्षिण एसियालीहरु कन्ट्रक्सनमा काम गर्ने कामदारको रुपमा आएका थिए।

लुटपाटमा संलग्न रहेको आरोपमा ३७ र ४३ वर्षका दुई पाकिस्तानीलाई शाम शुई पो र शेउङ शुईबाट २७ तारिख पक्राउ परेका थिए। ती मध्ये एक जना हङकङको परिचयपत्र बोकेका पाकिस्तानी कारको चाबीसहित पक्राउ परेका थिए। जुन अपराधको लागि प्रयोग गरिएको निजी कारको थियो। तीमध्ये अर्कोसँग शरणार्थीको पहिचान कागज रहेको जनाइएको छ।

दिउंसै घडी दुकानबाट करीव १० मिलियन हङकङ डलर पर्ने बहुमूल्य घडीहरु लुटेर उनीहरु फरार भएका थिए।

तस्वीरः घडी दुकानको वेबसाइट

स्थानीय मिडियाका अनुसार शनिवार (२५ तारिख) दिउँसो ३:३५ बजे घडी पसलमा उनीहरुले कर्मचारीलाई चक्कु देखाएर लुटपाट गरेका थिए।

दुकानको डेकोरेशन क्याबिनेटको आधा भागको ४९ वटा रोलेक्स र १ पाटेक फिलिप घडीसहित करिब ५० वटा लक्जरी घडीहरु लुटपाट भएको थियो। जसको अनुमानित मूल्य १० मिलियन डलर बढी रहेको बताइएको छ। उनीहरुले भाग्नुअघि कर्मचारीको मोबाइल फोन र करिब ३० हजार डलर नगदसमेत लगेका थिए।

खबर पाउनसाथ प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको थियो। प्रहरी घटनास्थल पुग्दा लुटेराहरु प्राईभेट कारमा भागि सकेका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

70151