एक पुरुषलाई हङकङमा २२ वर्ष जेल सजाय

एचकेनेपाल डट कम –

हङकङ, २७ मार्च। युनानबाट आएका ४७ वर्षीय किसानलाई आफ्ना दुई नाबालिग सौतेनी छोरीहरूलाई बलात्कार र यौन दुर्व्यवहार गरेको आरोपमा सोमबार २२ वर्षको जेल सजाय सुनाइएको छ।

यसअघि गत फेब्रुअरीमा उनकी ४२ वर्षीया स्थानीय पत्नी (दुई पीडितकी आमा)लाई आफ्नो पतिलाई अपराधमा सहयोग गरेको पाइएपछि तीन वर्षको जेल सजाय सुनाइएको थियो।

द स्टान्डर्ड पत्रिकामा प्रकाशित समाचार अनुसार ती पुरुष एलसीले सन् २०१८ देखि २०१९ को बीचमा क्वाई चुङस्थित आफ्नो घरमा क्रमशः ११ र १३ वर्षका आफ्ना दुई सौतेनी छोरीहरूमाथि धेरै यौन दुव्र्यवहार गरेका थिए।

उनले यौन शिक्षाको नाममा पीडितलाई आफू र आफ्नी श्रीमतीबीच भएको यौनसम्पर्क हेर्न बाध्य पार्ने गर्थे। उनीहरुलाई चुम्बन गर्ने, उनीहरूको शरीर, गोप्य भागहरूमा स्पर्ष गर्ने र तिनीहरूमध्ये एकसँग सुरक्षा साधन प्रयोग नगरी यौन सम्पर्क गरेको आरोप उनीमाथि लगाइएको थियो।

अदालतमा भनिएको थियो कान्छी छोरीले आफैलाई चोट पुर्याएकी थिइन्। नोभेम्बर २०१९ मा स्कूलमा एक सामाजिक कार्यकर्ताले उनको हातमा काटेको निशानहरू फेला पारेका थिए।

जसका कारण समाजसेवीले एलसी र उनकी श्रीमतीलाई पक्राउ गर्न प्रहरीलाई खबर गरेका थिए।

आज अदालतमा, न्यायाधीशले प्रतिवादीको व्यवहारलाई पीडितहरूलाई “गम्भीर आघात निम्त्याउने” भनेर आलोचना गर्दै उनलाई २२ वर्षको लागि जेल सजाय सुनाइएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

70283