Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एसएलसीको नतिजा दुई दिनभित्र

काठमाडौं, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षाको नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।

परीक्षा नियन्त्रण कार्यालयले अहिले उत्तरपुस्तिका परीक्षणपछि संकलित परीक्षार्थीको प्राप्तांकको रुजु गरिरहेको छ। परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले भने,‘ढिलोमा शनिबारसम्ममा नतिजा सार्वजनिक गर्छौ। काम छिटो सकियो भने शुक्रबार नै नतिजा निकाल्छौं।’

पनिकाले अहिले सानोठिमीस्थित कार्यालय परिसरमा एक सातादेखि निरन्तर नतिजा प्रकाशनसम्बन्धी काम गरिरहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ। परीक्षासम्बन्धी गोप्य काम भइरहेकाले मूल गेटभित्र सर्वसाधारणलाई प्रवेश गर्न दिइएको छैन।





Comments

comments

Leave a Reply

7040