Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लिपुलेक सम्झौताविरुद्ध पोखरामा अनेरास्ववियुको हस्ताक्षर अभियान

सुबास मल्ल / एचकेनेपाल डट कम-
पोखरा, भारत र चीनबीच सम्पन्न विवादास्पद व्यापारिक सम्झौताको विरुद्धमा अनेरास्ववियु गण्डकीले बिहीबारदेखि पोखराका विभिन्न कलेजहरुमा हस्ताक्षर संकलन कार्यक्रम शुरु गरेको छ।

पृथ्वीनारायण क्याम्पसमा आयोजित विशेष कार्यक्रमका बीच यो कार्यक्रमको उद्घाटन नेकपा एमाले, कास्कीका विद्यार्थी ईञ्चार्ज मनकुमार श्रेष्ठ र जन साहित्यिक मञ्च केन्द्रीय सदस्य तथा गण्डकी ईञ्चार्ज सुवास मल्लले संयुक्त रुपमा गरे। कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु गण्डकीका सह ईञ्चार्ज नरेश रोकायाले अनेरास्ववियुले आफ्नो भूमिका कसैले गिद्दे दृष्टि लगाएको कहिल्यै नसहेको र अब पनि सहने प्रश्नै नउठ्नेमा जोड दिए । उनले यो अभियान पोखराबाट शुरु भएर गण्डकी अञ्चल भर नै जारी रहने र संकलित हस्ताक्षरहरु सरकारलाई बुझाइने समेत बताए।


पृथ्वीनारायण क्याम्पसमा हस्ताक्षर गर्दै विद्यार्थीहरु

पृथ्वी नारायण क्याम्पसमा हस्ताक्षर गर्न विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा सर्वसाधारणको भीड नै लागिरहेको छ । यस बाहेक पोखरामा रहेका ईञ्जीनियरिङ्ग अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, जनप्रिय क्याम्पस, पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पस, पोखरा ईञ्जीनियरिङ्ग क्याम्पस लगायतका कलेजहरुमा पनि यो अभियान बिहीबारबाट नै सञ्चालन हुने रोकायाले बताए।


कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु गण्डकी सहईञ्चार्ज नरेश रोकाया





Comments

comments

Leave a Reply

7044