हङकङमा ३ नेपाली पक्राउ…

एचकेनेपाल डट कम –

हङकङ, २ अप्रिल। हिजो साँझ करिब ७ बजे प्रहरीले आपराधिक गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिएर उक्त क्षेत्रमा अचम्मको खोजी कार्य गरेको थियो।

फोटोः hk.on.cc

कारबाहीका क्रममा प्रहरीले सेन्ट्रलको ९ ली युन स्ट्रिट वेस्टस्थित एक घरको माथिल्लो तलामा लाइसेन्स नभएको बारबाट ठूलो परिमाणमा मदिरा र केही सामानहरु बरामद गरेका थिए।

छापा मार्ने क्रममा प्रहरीले २९१ थान बियर, १२ थान कडा मदिरा, १३ थान प्लाष्टिकको मल, ११ वटा बाल्टिन, १ थान लेजर, ३ थान टेबुल र १ थान चाबी बरामद गरेको छ।

अवैध बार सञ्चालन गरेको आरोपमा प्रहरीले एक ६० वर्षीय नेपालीलाई पक्राउ गरेको छ।

“लाइसेन्स बिना मादक पदार्थ बेचेको” र “बिक्रीको उद्देश्यले लाइसेन्स बिना मादक पेय पदार्थ राखेको” आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

इजाजत नलिई मदिरा (मादक पेय पदार्थ) विक्री र सेवन गरेको अभियोगमा प्रहरीले इन्चार्ज व्यक्ति बाहेक अन्य दुई नेपाली पुरुष, एक भारतीय पुरुष, एक फिलिपिनो पुरुष र ३० देखि ५० वर्ष उमेरका पाँच फिलिपिनो महिलालाई पनि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हङकङमा पहिचान कागज बोकेकी एक फिलिपिन्स महिला पनि रहेकी छन्। पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको स्थानीय मिडियाले जनाएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

70684