ल्वाङ गाउँमा चैते दसैं मेला..

पोखरा, । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ८ स्थित ल्वाङ गाउँमा चैते दसैं मेला सुरु भएको छ।

स्थानीय क्षेत्रमा सक्रिय ग्रीन हिल क्लब ल्वाङको आयोजनामा २९ औं संस्करणको चैते दसैं मेला सुरु भएको हो। मेला बुधबार एक समारोहबीच प्रमुख अतिथि गण्डकी प्रदेशको सांसद गणेशमान गुरुङ, विशेष अतिथिमाछापुच्छ्रे गाउँपालिका ८ का वडाध्यक्ष रामबहादुर गुरुङलगायतले उद्घाटन गरेका हुन्।

क्लबका सभापति सुजन गुरुङको सभापतित्वमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका अतिथि र गाउँलेआमाबुबा, दाजुभाइ, दिदीबहिनीहरुको उपस्तिथिमा थियो । कार्यक्रममा मर्दीखोला समाज यूकेका सदस्यहरु, मर्दिखोला समाज हङकङका सदस्यहरु, स्थानीय व्यवसायी तथा गाउँले, गाउँका चेलीबेटी साथै अन्यव्यक्तिहरुले मेला व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ।

यस्तै सिधा फोन प्रालि, फस्ट स्टेप यूनी कन्सल्टटेन्सीले पनि सहयोगस्वरुप ग्रीन हिल क्लबलाई जर्सी प्रदानगरेका सञ्चालक एस के गुरुङ ले जानकारी दिएका छन्। चैत २५ गतेसम्म चल्ने मेलामा मुख्य आकर्षणभलिबल प्रतियोगता रहेको छ।

खेलकुदअन्तर्गत खुला अन्तर गाउँस्तरीय पुरुष भलिबल, खुला क्लबस्तरीय महिला भलिबल खेलाइनेछ । पुरुषभलिबलमा प्रथमले ७५ हजार, द्वितीयले ५० हजारसहित शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र पाउनेछ । यसतै महिलाभलिबलतर्फ प्रथमले २५ हजार र द्वितीयले १५ हजारसहित शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र पाउने आयोजकलेजनाएको छ।

यस्तै रस्सी तान्ने (पुरुष) र महिला, घैंटो फुटाई, छेलो फाल्ने, मेच घुमाई (महिला), बेलुन फुटाई (बालबालिका), खुला सामूहिक नृत्य प्रतियोगिता हुनेछन् । खेल शहीद हरिप्रसाद स्मृति खेल मैदान ल्वाङ-८ कास्कीमा जारी छ।





Comments

comments

71027