सामाजिक अभियान्ता नारायण श्रेष्ठको सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न

नातिबाबु भट्ट –

कोलोराडो, अमेरिका। कोलोराडोका सामाजिक अभियन्ता तथा नेपाली घरका संस्थापक अध्यक्ष नारायण श्रेष्ठको सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

उपचारको क्रममा गत मार्च २० तारिखका दिन निधन भएका श्रेष्ठको सम्मानमा नेपाली भाषी समुदाय बिच सक्रिय संस्था नेपाली घरको आयोजनामा आईतवार दिउसो २ बजे ४ बजे सम्म नेपाली सांस्कृतिक भवनमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो।

स्वर्गिय नारायण श्रेष्ठको सम्झनामा एक मिनेट मौन धारण र कार्यक्रममा उपस्थित सबैले उनको तस्वीरमा पुष्पगुच्छ अर्पण गरी श्रद्धाञ्जली सभा शुरु गरिएको थियो । सभामा डेढ दर्जन भन्दा बढि वक्त्ताहरुले नारायण दाई संगको बिगतका क्षणहरु सम्झदै भक्कानिएका थिए । यसरी बक्तब्य दिनेहरुमा एक दर्जन भन्दा बढि बिभिन्न संघ संस्थाका पदाधिकारी, गन्यमान्य, साथिभाइ, पत्रकार समाजसेवी, नेपाली घरका सल्लाहकार तथा पूर्व पदाधिकारीहरु रहेका थिए।

नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालको अध्यक्षतामा संम्पन्न कार्यक्रममा कवि दामोदर लुईटेले नारायण दाईप्रति श्रद्धाभाव अर्पण गर्दै लेखेका शोक कविता बाचन गरेका थिए । त्यसैगरी अनेसास कोलोराडोका अध्यक्ष राजु सिटौलाले नारायण दाइले अनेसासको कार्यक्रममा बाचन गरेको पर्खाल शीर्षकको कविता वाचन गरी सुनाएका थिए । श्रद्धाञ्जली सभा नेपाली घरका उपाध्यक्ष बसन्त लम्सालले संचालन गरेका थिए।

झण्डै डेढ दशक नेपाली भाषी समुदायको रुपान्तरणमा निरन्नर क्रियाशिल सामाजिक अभियान्ता नारायण श्रेष्ठ मृदुभाषी, सरल, सहयोगको लागि सधै अगाडि बढ्ने र सबैलाई प्रगति गर्न प्रेरणा दिने नेपाली समाजका पथ प्रदर्शक थिए । उनको निधनबाट नेपालीभाषी समुदायलाई अपुरणीय क्षति पुगेकोेले उहाको मृत आत्माको चिर शान्तिका लागि श्रद्धाञ्जली सभा आयोजना गरिएको नेपाली घरले जनाएको छ।

स्वर्गिय श्रेष्ठ नेपाली घरका संस्थापक अध्यक्ष, बर्तमान कार्य समितीका सल्लाहकार तथा नेपाली सांस्कृतिक भवन खरिद प्रकृयाको लोन ग्यारेन्टर रहेका थिए।

 





Comments

comments

71276
%d bloggers like this: