यी हुन्, ‘मिस नेपाल-२०२३’का प्रतिस्पर्धीलाई पहिरनमा सिँगार्ने आईआईएफटी डिजाइनरहरु

काठमाडौं । ‘मिस नेपाल–२०२३’का २४ जना प्रतिस्पर्धीहरु ग्राण्ड फिनालेमा १८ जना फेसन डिजाइनरले तयार पारेको पहिरनमा प्रस्तुत हुने भएका छन्।

द हिडेन ट्रेजरद्वारा आयोजित ‘मिस नेपाल’को यो २९औँ संस्करण हो। ‘स्यास सेरेमोनी’मार्फत अन्तिम फाइलनका लागि छनोट भएका २४ प्रतिस्पर्धीहरु जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा अन्तिम प्रतिस्पर्धा गर्दैछन् । हाल उनीहरुलाई कोरियोग्राफर रचना गुरुङ शर्माले तालिम दिइरहेकी छन्।

उनीहरुका लागि आईआईएफटीबाट स्नातक गरेका डिजाइनरहरु गीता मिश्र, पम्फा श्रीस, सुप्रीती ब्याञ्जनकर, सेन्हा राई, सुदिना बज्राचार्य, रेगिशा महर्जन, दिलमाया मगर, सोनल केसी, वर्षा पन्त, सुनैना शाही, शमूएल अकोन्तांश, सञ्जिता बराल, दर्पण खाती, राजन शाह, विप्लवराज नाग नाहरले पहिरन तयार गर्दैछन्। जुन पहिरन प्रतियोगिता फाइलन ओपनिङ राउण्डमा पहिरिएर ती २४ सुन्दरीहरुले आफ्नो परिचय दिनेछन्।

‘मिस नेपाल–२०२३’को उपाधिका लागि राइना मजगैँया, स्मारिका कार्की, प्रज्ञा वज्राचार्य, आयुषा महर्जन, सुधा देवकोटा, प्रसिद्धि शाह, सृष्टि हाडा, सदीक्षा थापा, वर्षा गौतम, उन्नति गुरुङ, कविना श्रेष्ठ, आयुष्मा बराल, रजनी मिश्र, होलिस्का कोइराला, स्विन्जा सुनाम, श्रीच्छा प्रधान, गृष्मा अधिकारी, अपेक्षा खतिवडा, कीर्तिका बस्नेत, ऐश्वर्य श्रेष्ठ, छिरिङ डोल्मा पाख्रिन, सुहानी खड्का क्षेत्री, प्रीतिका खड्का र कीर्ति बर्तौला प्रतिस्पर्धा गर्दैछन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

71283