Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

दशौं हजार कुकुर मारेर चीनमा ‘डग मिट फेस्टिबल’ मनाइयो

एजेन्सी, विश्वभर योग दिवस मनाइरहेका बेला चीनमा हजारौं कुकुर काटेर ‘डग मिट फेस्टिभल’ मनाइएको छ।

जुन २१ मा अन्य संसार योग दिवस र फादर्स डेमा रमाइरहँदा चिनियाँ भने कुकुरको मासु खान ब्यस्त भएका हुन्। चीनमा हरेक वर्ष जुन २१ मा मासु खानका लागि पर्वकै रुपमा कुकुर र बिरालो मारेर मासु खाने परम्परा छ।

चीनको ग्वाङ्ग्सी प्रान्तको युलिन शहरमा आयोजित हुने यूलिन डग मिट फेस्टिभल अगाडि कुकुर बिरालोलााई मार्नुभन्दा अघि पिंजडामा कैद गर्ने गरिन्छ।

युलिन शहरमा २१ जुनमा डग मिट फेस्टिभललार्इ सफल बनाउन कयौं समूहरु एक वर्षअघिबाटै सक्रिय हुन्छन् । यो फेस्टिभलका लागि चीनका विभिन्न स्थान र सडकका कुकुरसमेत उठाइन्छ । घरमा पालिएका कुकुर पनि चोरेर लाने गरिन्छ। अन्नपूर्णपोष्टमा समाचार छ।

चोरिएका र सडकबाट उठाइएका कुकुर पिंजडामा हालेर ग्वाङ्ग्सी प्रान्तमा लगिन्छ । पिंजडामा कुकुर विरालालार्इ भोकभोकै राखेर दुब्लो पारिन्छ।

पिंजडामा राखिएका हजारौं कुकुर बिरालालालर्इ फेस्टिभलमा मासुका लागि काटिन्छ । ग्वाङ्ग्सी सहर कुकुर बिरालोका लागि नर्क भन्दा कम छैन।

अधिकारकर्मी र जनावर प्रेमीहरुको चर्को विरोधका बावजुद फेस्टिभलमा यो पटक पनि १० हजार कुकुर र ४ हजार बिराला काटिए।

सन् १९९० बाट शुरु भएको डग मिट फेस्टिभलमा हरेक वर्ष कुकुर बिरालाको सामुहिक हत्या हुने क्रम जारी छ । यहाँ अन्य जनावारलाई पनि मार्ने गरिन्छ।

भिडियो पनि हेर्नुहोस्

दशौं हजार कुकुर मारेर चीनमा डग मिट फेस्टिबल मनाइयो। अधिकारकर्मी र जनावर प्रेमीहरुको चर्को विरोधका बावजुद फेस्टिभलमा यो पटक पनि १० हजार कुकुर र ४ हजार बिराला काटिए।

Posted by HKNepal.com on Monday, 22 June 2015





Comments

comments

Leave a Reply

7139