Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पत्नी र सासु ससुरासहित ७ जनाको हत्या गरी फरार अभियुक्त कतारमा

पत्नी, सासु ससुरा र अर्की एक महिलालाई मारेर सप्तरीका एक युवा कतार पुगेका छन्।

सप्तरीको पटेवा घर भएका ३५ बर्षीय मोहम्मद सकिल हुसेन मियाँ कतारमा बसिरहेका हुन् । उनले पत्नी १८ बर्षीय सैरुन खातुन, ससुरा ५८ बर्षका इद्रिस खालिफा, सासु ५५ बर्षकी जैतुन खातुन र अर्की एक महिला दुलारी देवी साहलाई मारेको खुलेको छ।

इन्टरपोलले उनलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी गरेको समााचार कान्तिपुर दैनिकमा प्रतिमा बाँस्कोटाले लेखेकी छिन्।

इन्टरपोलले गत सोमबार रेडकर्नर नोटिस जारी गरेको हो। सकिलले सुनसरीमा पत्नी, सासु ससुरा, सप्तरीमा दुलारी देवीबाहेक थप तीन जनाको हत्या गरेको खुलेको छ। यिनले सप्तरीको त्रिकोलमा निर्मलादेवी साहको हत्या गरेको खुलेको छ।

साहको लास गाडिएको थिएन। यस्तै सदरुल मिया र उनकी बुहारी सागिरा खातुनको सप्तरीकै बिसनपुरबाट दुई किलोमिटर दक्षिणमा रहेको कुखुरा फार्ममा मारेर गाडेका थिए। सप्तरी प्रहरीले गाडेको शव फेला पारेको छ।





Comments

comments

Leave a Reply

7161