कार दुर्घटनामा हङकङमा एक नेपालीको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, २१ अप्रिल। हङकङमा आफूले चलाएको कार दुर्घटनामा परेर एक नेपाली चालकको मृत्यु भएको छ।

स्थानीय मिडिया एचके अन सीसीमा प्रकाशित समाचारका अनुसार अप्रिल २१ तारिख शुक्रवार साँझ करीव ८ बजेतिर फ्यानलिङको शा ताउ कोक रोडको लङ येउक ताउ सडक खण्डमा मर्सिडिज बेन्ज कार दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका ६२ वर्षीय नेपाली पुरुषलाई उद्धार गरी नर्थ डिस्ट्रीक अस्पताल लगिए पनि उपचारको क्रममा चिकित्सकले मृत घोषित गरिएको छ।

दुर्घटनापछि प्रहरी अधिकारीहरूले घटनास्थललाई घेरा हालेर दुर्घटनाको कारण र प्रक्रियाको अनुसन्धान गरेका छन्।

घटनाको बेला उनी मालिकका आफन्त र साथीहरूलाई लिन फ्यानलिङ एमटीआर स्टेशनतर्फ जाँदै थिए।

त्यतिबेला ठूलो पानी परिरहेको थियो।

मृतक नेपालीको हङकङमा कोही आफन्त वा साथी नभएको तर नेपालमा उनका छोरा छोरी रहेको समाचारमा जनाइएको छ।

समाचारमा मृतक नेपाली चालकको थप विवरण उल्लेख गरेको छैन।

घटनाबारे कसैलाई थप जानकारी भए कमेन्ट बक्समा वा हामीलाई खबर गर्नुहोला।

फोटो सौजन्यः एचके अन सीसी





Comments

comments

71945