Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गुगलले विश्वभर निःशुल्क वाईफाई दिने

इन्टरनेटको बादशाह मानिने गुगलले विश्वभरका मुख्य सहरमा निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने योजना अगाडि सारेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत ल्यारी पोजले यो योजनाबाट सहरी बासिन्दाको जीवन, व्यापार तथा सरकारी कामकाजमा सुधार आउने विश्वास व्यक्त गरेका छन्। न्युयोर्क सहरबाट यो सेवा सुरु हुने जानकारी उनले दिएका छन्।

गुगलले वाईफाई मात्र नभएर १० हजार फोन बुथबाट निःशुल्कै अन्तरदेशीय कल सुविधा पनि दिने भएको छ। यसको परीक्षण पनि न्युयोर्कबाटै हुनेछ। न्युर्योकस्थित बिक एप्पलको पुरानो फोन बुथ प्रयोग गरी परीक्षण थालिने भएको छ। सहरमा पुराना टेलिफोन बक्सलाई वाईफाई हबमा परिणत गरिने गुगलले जनाएको समाचार आजको कारोबार दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

7217