छतबाट खसेका रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा मृत्यु…

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको मृत्यु भएको छ।

थापाको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो १:३५ बजे मृत्यु भएको मेडिसिटी अस्पताल स्रोतले जनाएको छ।

उपनिर्वाचनका लागि चुनावी प्रचारमा खटिएका बेला थापा वैशाख ४ गते चितवनमा घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए।

उनलाई चितवन भरतपुर अस्पतालबाट थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो।

भेन्टिलेटरमा राखेर उपचार गराइरहेको थापाको उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले उनी छतबाट कसरी खसे भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।





Comments

comments

72803